इच्छाकामना  : एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामना गाउँ समितिको पुर्नगठन  गरिएको छ ।इच्छाकामना मन्दिर प्राङ्गणमा सम्पन्न गाउँपालिकाको दोश्रो गाउँपरिषदबाट हिमलाल अधिकारीको अध्यक्षतामा १५ सदस्यीय गाउँ कार्य समिति पुर्नगठन गरिएको हो ।
गाउँपरिषदले वरिष्ठ उपाध्यक्षमा नारायण पौडेल, महिला उपाध्यक्षमा भगवती अर्याल, सचिवमा मदन कुमार चेपाङ र सह–सचिव अर्थमा  सोविता थापा मगरलाई चयन गरिएको छ ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामना अध्यक्ष हिमलाल अधिकारीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख आतिथ्यतामा  गाउँपरिषद सम्पन्न भएको हो ।  कार्यक्रममा नेकपा माओवादी केन्द्रका वागमती प्रदेश सदस्य सावित्रा सिलवाल, इच्छाकामनाका सह–इन्चार्ज हरि बहादुर थापा, इच्छाकामनाका अध्यक्ष रामहरि कडेँल, एकिकृत अखिल नेपाल शिक्षक संगठन चितवनका वरिष्ठ उपाध्यक्ष लेखनाथ भट्ट, केन्द्रिय परिषद सदस्य इश्वरविलास अधिकारी, प्रदेश सदस्य लोक बहादुर मगर र तूूल बहादुर गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।
सो अवसरमा नेकपा माओवादी केन्द्रका नवनिर्वाचित समितिलाई सम्मान गरिएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामना  र इच्छाकामना बुद्धिजिवि संगठन गाउँ कार्य समितिले  नवनिर्वाचित समितिलाई सम्मान गरिएको हो । नेकपा माओवादी केन्द्र इच्छाकामनाको. दोश्रो सम्मेलनबाट रामहरि कडेँलको नेतृत्वमा नयाँ कार्यसमित निर्वाचित भएका थिए ।