भोलिबाट चितवन महोत्सव सुरु हुँदै
चितवन,२४ पुष ।उद्योग वाणिज्य संघ चितवनको आयोजनामा भोलिबाट चितवन महोत्सव २०८१ सुरु हुने भएको छ ।नारायणगढस्थित नारायणी नदी किनारमा सुरु हुन लागेको १५ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । भोलि पुष २५ बाट सुरु हुने महोत्सव माघ १० गतेसम्म चल्ने छ ।
महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्...









