देश / समाज

नेपाली कांग्रेस इच्छाकामना ३ को सय दिने अभियान सम्पन्न

नेपाली कांग्रेस इच्छाकामना ३ को सय दिने अभियान  सम्पन्न
इच्छाकामना :  नेपाली कांग्रेस इच्छाकामना ३ को  सय दिने अभियान सम्पन्न भएको छ ।  नेपाली कांग्रेस  इच्छाकामना ३ का सभापति राम बहादुर गुरुङको सभापतित्व तथा केन्द्रिय सदस्य तथा सय दिने विशेष अभियान चितवनका प्रतिनिधि मधु आचार्यको प्रमुख आतिथ्यतामा चौतारामा एक कार्यक्रमकाबिच समापन गरिएको हो । कार्यक्रममा केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य कमला पन्त, चितवनका सभापति राजेश्वर खनाल,निवर्तमान सभापति जीत नारायण श्रेष्ठ,पूर्व प्रदेशमन्त्री उत्तम जोशी, प्रदेशसभा सदस्य विनु रायमाझी, प्...

माग पुरा नभए जस्तो सुकै कदम चाल्न तयार रहेको इच्छाकामना गाउँपालिका अध्यक्षलाई नेपाली कांग्रेसको चेतावनी

माग पुरा नभए जस्तो सुकै कदम चाल्न तयार रहेको इच्छाकामना गाउँपालिका अध्यक्षलाई नेपाली कांग्रेसको चेतावनी
इच्छाकामना :  नेपाली कांग्रेस इच्छाकामनालेमाग पुरा नभए जस्तो सुकै कदम चाल्न तयार रहेको  बताएको छ । आज  सभापति  कृतिकुमार श्रेष्ठले एक  प्रेस विज्ञप्ती जारी गर्दै आफुहरुको मागको वेवास्ता गरे जुनुकै कदम चाल्ने रक्षतीपुर्तीको जिम्मा गाउँपालिका अध्यक्षले लिनुपर्ने चेतावनी दिनुभएका हो ।  नेपाली कांग्रेस इच्छाकामना र उसका भातृ संगठनहरुले  राष्ट्रिय आधारभूत विद्यालय कापे र राष्ट्रिय मावि रानीखोलामा शिक्षक नियुक्ति नियमविपरित भएको भन्दै नियुक्ति बदर गर्न माग गर्दै  गाउँपालिका अध्यक्ष...

इच्छाकामनाको शिक्षा शाखामा लगाएको ताला खुल्यो

इच्छाकामनाको शिक्षा शाखामा लगाएको ताला खुल्यो
कुुरिनटार :  चितवनको इच्छाकामनागाउँपालिकाको शिक्षा शाखामा लगाएको ताला खुलेको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ लगायत जनप्रतिनिधिहरुले  स्थानीय प्रशासन विभिन्न शिक्षक संगठनका प्रतिनिधिको उपस्थितिमा ताला खुलेको हो । ताला खुल्न नेपाल शिक्षक संघ तयार नभएपछि  गाउँपालिका अध्यक्ष आफैले ताला खोलिदिनुभएको थियो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ,प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत नेपाल शिक्षक संघ चितवनका उपाध्यक्ष भविश्वर गुरुङ, नेपाल शिक्षक संघ चितवनका अध्यक्ष यान बह...

इच्छाकामनाको शिक्षा शाखामा तालाबन्दी प्रति राष्ट्रिय शिक्षक सगठनको आपत्ति

इच्छाकामनाको शिक्षा शाखामा तालाबन्दी प्रति राष्ट्रिय शिक्षक सगठनको आपत्ति
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकाको शिक्षा शाखामा नेपाली काँग्रेस निकट शिक्षकहरुको संस्था नेपाल शिक्षक संघले लगाएको तालाबन्दी प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाले आपत्ति प्रकट गरेको छ । बिहिबार बिहानै एक प्रेसविज्ञप्ती जारी गर्दै उक्त घटना प्रति आफ्नो संगठनको ध्यानाकर्षण भएको जानकारी गराउदै संगठनले आपत्ति प्रकट गरेको हो । संगठनका अध्यक्ष सुजन सापकोटा, उपाध्यक्ष देव बहादुर गुरुङ र टप कुमारी श्रेष्ठ तथा सचिव राजु त्रिपाठीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नियम...

नेपाली कांग्रेसले इच्छाकामना शिक्षा शाखामा लगायो ताला

नेपाली कांग्रेसले इच्छाकामना शिक्षा शाखामा लगायो ताला
इच्छाकामना  : नेपाली कांग्रेसले  इच्छाकामनाले  गाउँपालिका  शिक्षा शाखामा ताल लगाएको छ ।  राष्ट्रिय आधारभूत विद्यालय कापे र रानीखोला माध्यमिक विद्याल रानिखोलामा नियम विपरित  शिक्षक नियुक्ति गरिएकोले  आरोप लगाउँदै नेपाली कांग्रेस इच्छाकामना, नेपाल शिक्षक संघ, नेपाल तरूण दल,ने.बि.संघ  र  नेपाल महिला संघले बुधबार गाउँपालिका शिक्षा शाखामा ताला लगाएका हुन् । यस अघि नेपाल शिक्षक संघ इच्छाकामनाले नियुक्त बदर गर्न माग गर्दै  गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई ज्ञापनपत्र बुझाएका थि...

हिमालयन रिभर गाइड एशोसियसन नेपालको अध्यक्षमा डोल बहादुर गुरुङ चयन

हिमालयन रिभर गाइड एशोसियसन नेपालको अध्यक्षमा डोल बहादुर गुरुङ चयन
फिस्लिङ्ग  ः हिमालयन रिभर गाइड एशोसियसन नेपालको १६ औँ साधारणसभा सम्पन्न भएको छ ।मङ्गलबार चितवनको इच्छाकामना ३ फिस्लिङ्गमा बार्षिक साधारणसभा सम्पन्न भएको हो । सो अवसरमा हिमालयन  रिभर गाइड एशोसियसन नेपालको नयाँ कार्यसमिति समेत चयन गरेको छ। अध्यक्षमा डोल बहादुर गुरुङ चयन हुनुभएको छ। गुरुङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।उपाध्यक्षमा दान बहादुर गुरुङ महासचिवमा राजु श्रेष्ठ,सचिवमा निरञ्जन गुरुङ र कोषाध्यक्षमा रबिल मिया चयन भएका छा् ।त्यसै गरि सदस्यहरुमा बम बहा...

अखिलको क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्यमा इच्छाकामनाका पवन गुरुङको उम्मेद्वारी

अखिलको क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्यमा इच्छाकामनाका पवन गुरुङको उम्मेद्वारी
चितवन :  चितवनको इच्छाकामनाका पवन गुरुङले नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू  (क्रान्तिकारी)को केन्द्रिय सचिवालय सदस्यमा उम्मेद्वारी दिएका छन्  । माघ १२ गते अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन हुदैँ छ । गुरुङले वागमती प्रदेश तर्फबाट केन्द्रिय सचिवलय सदस्यमा उम्मेद्वारी दिएका हुन् । विशेष गरेर विद्यार्थीहरुको हक अधिकारका लागि विभिन्न मोर्चामा रहेर काम गर्दै आएका पवन  यूवा  विद्यार्थी माझ लोकप्रिया छन् । वि.स.२०६९ साल देखी विद्यार्थी आन्दोलनमा निरन्तर लाग्दै आएका...

ऐतिहासिक पर्यटकीय स्थल उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु

ऐतिहासिक पर्यटकीय स्थल उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु
मुग्लिन (चितवन), ८माघ  । इच्छाकामना गाउँपालिका–७ स्थित उपर्दाङ्गगढी परिसरमा कोतघर पुनर्निर्माण गरिने भएको भएको छ । गढीको भौतिक संरचना पुनर्निर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्रको कोतघर पुनर्निर्माण गरिने भएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सोमबार कोतघर पुनर्निर्माणको शिलान्यास गर्नुभयो । रु एक करोड ३४ लाख ५० हजार लागतमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । निर्माण कम्पनीसँग २०८२ जेठ १५ गतेभित्र निर्माण सक्नेगरी सम्झौता...

इच्छाकामना मन्दिरमा धार्मिक पर्यटक बढे

इच्छाकामना मन्दिरमा धार्मिक पर्यटक बढे
मुग्लिन :   चितवनको इच्छाकामना गाउँपालिका– ५ मा रहेको एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन् ।गोरखाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने रहेको यस इच्छाकामना मन्दिरमा प्रचारप्रसार र मन्दिर पुनः निर्माणसगैँ  धार्मिक पर्यटकरतको आवागमन बढेको हो । मन्दिरका पुजारी हर्कबहादुर गुरुङका अनुसार शनिबार र सार्वजनिक बिदाको दिन मन्दिरमा दर्शनार्थीहरुको भीड नै लाग्ने गरेको छ । उनले भने, ‘यहाँ मन्दिर पुनःनिर्माण...

इच्छाकामनामा नियम विपरित शिक्षक नियुक्त गरेको नेपाल शिक्षक संघको आरोप, नियुक्ति बदर गर्न तीन दिने अल्टिमेटम

इच्छाकामनामा  नियम विपरित शिक्षक नियुक्त गरेको नेपाल शिक्षक संघको आरोप, नियुक्ति बदर गर्न तीन दिने अल्टिमेटम
इच्छाकामना :  नेपाल शिक्षक संघ इच्छाकामनाले शिक्षक नियमावली विपरित शिक्षक नियुक्त गरेको भन्दै नियुक्ती पत्र बदर गर्न माग गरेका  छन् ।  इच्छाकामना गाउँपालिकाले नियम विपरित बिना प्रतिष्पर्धा सिधै नियुक्ती गरेका शिक्षकको नियुक्ति बदर गर्न माग गर्दै आज गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई ज्ञापनपत्र बुझाएका  हुन् । संघका अध्यक्ष यान बहादुर गुरुङ र  सचिव  सञ्जिव सिलवालद्वारा संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ , शिक्षक नियमावली २०५९ को नियम ९६ (क), ९७ र र शिक्षक सेवा...