दृष्टिकोण

गण्डकी गाउँपालिका केन्द्र बिबादको पटाक्षेप, युवा तथा बुदिजिबिको प्रतिक्रिया।

गण्डकी गाउँपालिका केन्द्र बिबादको पटाक्षेप, युवा तथा बुदिजिबिको प्रतिक्रिया।
रविकिरण रेग्मी गोरखा१२ आश्विन, गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने बिबादले गाउँसभा हुन सकेको छैन भने  यहिि असोज १० गतेको लागि डाकिएको सभा समेत नेकपाले बहिस्कार गरेर गणपुरक शंख्या नपुगेपछि स्थगित भयो। गाउँसभा समयमा हुन नसक्दा बजेट बिनियोजन हुन सकेको छैन फलस्वरूप गाउँपालिका भित्र हुने विकास निर्माण लगायत सबै कार्यहरु प्रभावित भएको छ। यसै सन्दर्भमा हामीले गण्डकी गाउँपालिका ०७ का स्थानीय बुद्दिजीवी, स्थानीय नेता लगायत सरोकारवालाहरु संग संबाद गरि यो रिपोर्ट तया...

ईश हराउदैछ किन ? ? ? (कविता)

ईश हराउदैछ किन ? ? ? (कविता)
कुन धाम जान्छौ कुन घाम ताप्छौ घाम एउटै त, धाम फरक किन ? तिमी पनि ईश मान्छौ म पनि ईश नै मान्छु ईशबाट त ईश्क आउछ ईर्ष्या किन ? ईशको भुमिमा छौ फेरी पनि आज ईश हराउदैछ किन ? ईश खोज्न हामी मन्दिर, मस्जिद र चर्चमा आज भौतारिदैछौ किन ? ईश त मनमन्दिरमा विराजमान छ कृपालु दृष्टि र सहयोगी हातहरुमा छ जीबात्मालाई परमात्मा बनाउने सत्कर्ममा छ फेरी पनि, ईश खोज्न आज हामी मन्दिर, मस्जिद र चर्चमा भौतारिदैछौ किन ? कलिको युगमा काल त्यसै पल्केको कहाँ हो र ? केहि त दोष तिम्रो पनि छ केहि ...

इच्छाकामना (कविता )

इच्छाकामना  (कविता )
इच्छाकामना फन्को मार्दा सबै वडा पुगे सबै वार्डको परिचय ऐतिहासिक भेटे । तराई, पहाड, हिमाल जस्तै यसका अवस्थिति बहुल जाति, बहु भाषा अनि बहु संस्कृति ।। मनकामना केबुलकार, लामो झर्ना कपालसरी अमूल्य ति जटिबुटि पाखाभरी सुनाखरी ।।। बालगौरी, इच्छाकामना देवताका खानी यहाँ अनन्त रुपी कलकल बग्ने त्रिशुली छ जहाँ ।।।। मनमोहक दृश्य यहाँ उपरदंग र सिराईचुली धार्मीक स्थल संगै जहाँ त्रिवेणीको संगम पनि ।।।।। चितवनको एउटै मात्र इच्छाकामना पहिचान जागौं सबै आजै देखि गापा सबल बना...

कोरोना भाइरस (कोभिड–१९) को कहर संगै फेरिएको जीवनशैली, चुनौती र सिकाई

कोरोना भाइरस (कोभिड–१९) को कहर संगै फेरिएको जीवनशैली, चुनौती र सिकाई
सायद कहिल्यै नसोचेको, कसैले थाहा नपाएको, नभोगेको र सबैलाई चकित पारिरहेको अचम्मको महामारी कोभिड– १९ आगो जस्तै गरी विश्वलाई नै चुनौती दिदै दिन प्रतिदिन संक्रमण फैलदैं गईरहेको छ । २०१९ को डिसेम्बर महिनामा चीनको वुहान बाट शुरु भई करिब सबै देशहरुमा फैलिएर मानव जगतलाई त्रसित मात्र नबनाई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक सबै पक्षमा गंम्भीर असर पारेको छ यतिबेला । हरेक दिन एउटा नयाँ दिन हो (Every day is a new day) भनिएता पनि यस महामारीले हरेक दिनको शुरुवात नया...

अस्तितवकाे खाेजी (कविता)

अस्तितवकाे खाेजी (कविता)
दाइ कता हिँडनु भएको ? भाइ म हतारमा छु मलाई समर्थन गर्ने मानिसको खोजिमा छु हिजोआज के गर्दै हुनुहुन्छ ? हिजोआज म पद खोज्न ब्यस्त छु खोज एउटा आविष्कार पनि हो खोज एउटा अनुसन्धान पनि हो रूखबाट झरेको ध्याउ टिपेर खोज्दै जाँदा गुरुत्वाकर्षणका नियम बने खोज्दाखोज्दै जाँदा सिदार्थ गएर बुद्ध आए खोज्दै जाँदा मोहनदास करमचन्द्र गएर महात्मा गान्धी आए अलेक्सेइ पेश्काभले अस्तित्व खाेज्दै जाँदा माक्सिम गाेर्की भए रेलिहल्हाला नामबाट सुरु भएको अस्तित्वको खोज्दै खोज्दै जाँदा नेसनल मन्डेला ...

झरी (कविता)

झरी  (कविता)
झरी झन झन चर्कि चर्कि बर्षिन्छ घरिघरि बादलपारीको मेरी परी लुकामारी खेल्न आए झैँ वरिपरि छिन छिनमा किन यो रुवाबासी कालोम्मे गगनमा झन कालो पोती निर्थुक्क भिजेका बैश बोकी बित्थामा गछौँ कति यताउति झरी झन झन चर्कि चर्कि बषिन्छ घरिघरि बादलपारीको मेरी परी लुकामारी खेल्न आए झैँ वरिपरि घायल कायल रहरको रहमा उम्लाई राखेर बुँद बुँदको यो प्यास बर्षो एकनाससँग बाधी राखेको साईनोभरी जोगाउ कति यो सास झरी झन झन चर्कि चर्कि बषिन्छ घरिघरि बादलपारीको मेरी परी लुकामारी खेल्न आए झैँ वरिपरि ...

धर्म, परम्परा र नारी

धर्म, परम्परा र नारी
केही समय अगाडि धर्म र परम्परा विषयमा क्लास लिन गेष्ट लेक्चरकाे रूपमा उपस्थित भएकाे थिएँ । क्लास एकदम अन्तर्क्रियात्मक किसिमकाे थियाे । क्लासमा छात्रा र छात्रहरु बराबर जस्ताे हुनुपर्छ । मैले केही कुराहरु धर्मका बारेमा राखेपछि एकजना रमा नाम गरेकी विद्यार्थीले आफूले केही कुरा राख्ने इच्छा व्यक्त गरिन्- "म हिन्दु धर्ममा नै जन्मिएको हाे, मेराे स्कुल जीवन पूरा भैसकेपछि मलाई वेद र पुराण पढ्न मन लाग्याे, पण्डितसँग घर परिवारले सल्लाह गरे, नारीले यी सब कुराहरु पढन हुँदैन मति भ्रष्ट हुन...

हामी आफ्नो पन भुलेर,अरुको पछाडि दौडिएका छौ

हामी आफ्नो पन भुलेर,अरुको पछाडि दौडिएका छौ
आर्यहरु भारतमा आउनुअघि कसरी सिन्धु उपत्यकामा एउटा सभ्य जाति बस्दथ्यो । त्यस जातिको समाज अफगानिस्तानमा बस्ने आर्यहरुको पितृसतात्मक समाजभन्दा कता हो कता उन्नत अवस्थामा थियो । जसरी असभ्य लडाकु जनयुगिन जर्मनहरुले सभ्य(सुसंस्कृत रोमनहरु र उनीहरुको विशाल साम्राज्यलाई ईशाको चौंथो शताब्दीमा परास्त गरिदिए । त्यसैगरी सर जोम मार्सलको मतानुसार आर्यहरुले सिन्धु उपत्यकाका नागरिकहरुलाई परास्त गरेर यहाँँ १८०० ई।पु। तिर आफ्नो प्रभुत्व स्थापित गरेका थिए । युरोपेली इतिहासकारका अनुसार पश्चिममा प...

कागतीको रस (लघुकथा)

कागतीको रस  (लघुकथा)
के नै हो र यो कोरोना, घरै बसि जितिन्छू एफ.एम. मा छिनछिनमा यै गीत सुनेकाले लकडाउनको दुई महिना कहिले स्थायी, कहिले अस्थायी जता हो घरमै बसी जित्ने कोशिश गरियो । घरमै बस्ने, प्रतिरक्षा शक्ति बढाउने, यत्ति हो अरे कोरोनाको उपचार । ल ठिक छ घरमै त बसौंला, अब प्रतिरक्षा शक्ति चै बढाउने कसरी ? भन्दाभन्दै दुई महिना बितिसक्यो, अझै झन् महामारीको आगो बल्ल सल्किए झैँ स्थिति झनझन् भयावह पो बन्दै छ त यतै, उतै, हुँदाहुँदा नजिकै समेत आरडिटी र पिसिआर पोजेटिभ र नेगेटिभ सामाजिक संजालतिर गाईगुई हल...

धर्म, राजनीति र इतिहास

धर्म, राजनीति र इतिहास
इटालीकाे राजधानी राेम प्राचीन राेम साम्रराज्यका रूपमा परिचित थियाे । जसले पुरै युराेपभरि हरेक चिजमा प्रभुत्व राख्दथ्याे । राेम साम्रराज्यले पुरै युराेप, अफ्रिका हुँदै एसियाली देशमाथि पनि प्रभाव पारेकाे थियाे । राेम साम्रराज्यले जेरुसलेममाथि कब्जा गरेर इजरायलबाट यहुदीहरुलाई लखेटेपछि इसाई धर्मकाे प्रादुर्भाव भयाे । त्यसपछि राेमन सम्राट कन्सनटाइनले इसाई धर्मलाई देशकाे आधिकारिक धर्म घाेषणा गरे । प्राचीन राेम साम्रराज्यकाे उदय नै इसाई धर्मकाे प्रचारकाे लागि भएकाे थियाे । इसाई धर्म...