दाइ कता हिँडनु भएको ?
भाइ म हतारमा छु मलाई समर्थन गर्ने मानिसको खोजिमा छु
हिजोआज के गर्दै हुनुहुन्छ ?
हिजोआज म पद खोज्न ब्यस्त छु
खोज एउटा आविष्कार पनि हो खोज एउटा अनुसन्धान पनि हो रूखबाट झरेको ध्याउ टिपेर खोज्दै जाँदा गुरुत्वाकर्षणका नियम बने
खोज्दाखोज्दै जाँदा सिदार्थ गएर बुद्ध आए
खोज्दै जाँदा मोहनदास करमचन्द्र गएर महात्मा गान्धी आए
अलेक्सेइ पेश्काभले अस्तित्व खाेज्दै जाँदा माक्सिम गाेर्की भए
रेलिहल्हाला नामबाट सुरु भएको अस्तित्वको खोज्दै खोज्दै जाँदा नेसनल मन्डेला भए बालक नरेन्द्र दत्तबाट सुरू भएको यात्रा खोज्दाखोज्दै स्वामी विवेकानन्द भएर टुङ्गियो सामान्य एउटा रेल स्टेसनमा मरिरहेका व्यक्ति अस्तित्व खोज्दै जाँदा टाल्स्टाय भए नयाँ खोजको आविष्कार निकाल्न खोज्दा सुकरातले विषकाे प्याला समाएर पिए नयाँ खोजमा निस्किएका रुसी आजीवन देश निकाला भए
खोजीमा निस्किएका देवकोटा पागल भएर
कवितामा चिच्याउने भए कहिले अलिकति प्रतिस्पर्धाकाे खोज कहिले अलिकति महत्वकांक्षाका खोज कहिले अरुसँग बराबरी भन्दा एक चरणमाथि खुड्किलाका खोज कहिले सत्य खोजे जस्तो,
कहिले मनवता माहासागरमाथि परेवाका उडान उडेर, बस्नका लागि सानो वृक्ष हाँगा खोज झैँ खोजसँग मेरो कुनै गुनासा छैन खोजेको कुरा प्राप्त भएपछि ग्रहण गर्न नसक्नेसँग छ खोज्दै जाँदा अलिकति राम्रो आउँछ अलिकति नराम्रो
त्यसैले त म अरूका प्रविधिहरूका बिचबाट अस्तित्वको खोजमा निस्किएको छु हेराैँ कसरी टुङ्गिन्छ मेरो खोज…?
कैलाश काेइराला
नेपालि काङग्रेस जिल्ला उपसभापति