सायद कहिल्यै नसोचेको, कसैले थाहा नपाएको, नभोगेको र सबैलाई चकित पारिरहेको अचम्मको महामारी कोभिड– १९ आगो जस्तै गरी विश्वलाई नै चुनौती दिदै दिन प्रतिदिन संक्रमण फैलदैं गईरहेको छ । २०१९ को डिसेम्बर महिनामा चीनको वुहान बाट शुरु भई करिब सबै देशहरुमा फैलिएर मानव जगतलाई त्रसित मात्र नबनाई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक सबै पक्षमा गंम्भीर असर पारेको छ यतिबेला ।
हरेक दिन एउटा नयाँ दिन हो (Every day is a new day) भनिएता पनि यस महामारीले हरेक दिनको शुरुवात नयाँ–नयाँ कामबाट गर्न सकि रहेको छैन । प्रत्येक दिन श्रृजनात्मक कृयाकलापद्धारा नयाँ कामहरु गरेर बितिरहेको अवस्थामा कोरोना कहर संगै अन्तर्राष्ट्रिय स्तरमा मानिसहरुको जीवनशैलीमा पत्याउनै नसक्ने गरी र सौच्दै नसोच्ने गरी परिवर्तन आएको छ कि गुडीरहेको रेल एक्कासी ब्रेक लागे जस्तै गरी ।
अन्तर्राष्ट्रिय स्तरमा कोरोना भाईरस २०७७ असोज ५ गते सम्ममा जम्मा संक्रमित संख्या ३०,९१९,६३८ जना रहेका छन् भने निको भएका २१,१५२,९९६ जना र मृत्य भएका ९५९,३३२ जना रहेका छन् । जसमा अमेरिका (६७२२५३७), भारत (५२१४६७७) र ब्राजिलमा (४४९५१८३) सबै भन्दा बढी संक्रमितको संख्या देखिएको छ ।
Sources: coronavirus.jhu.edu/WHO
त्यसोत, कोभिड–१९ ले विश्वमा कहलिएका शक्तिशाली राष्ट्रहरुलाई समेत नराम्रो संग चुनौती दिईरहेको छ ।
कोरोना भाईरस सबै भन्दा पहिले नेपालबाट देखा परेको भए देशको अर्थतन्त्र र नेपालले गर्नु पर्ने स्वास्थ्य सुरक्षा तथा उचित र यथेष्ट उपचार व्यवस्थापनमा कठिनाई र हम्मे–हम्मे हुने अवस्था थियो । नेपालका कुनै पनि क्लीनिक,अस्पताल र स्वास्थ्य संस्थाहरुमा आईसोलेसन र उपचाका लागी ठाउँ समेत पाउन मुश्किल पर्नुको साथै बिरामीको चाप थेग्न नसक्ने पक्का थियो तर यो महामारी विकसित देशहरुबाट आएकोले अझ धेरै संक्रमण हुनबाट बच्नको लागी सुरक्षा विधि र सावधानी अपनाउन सहज भएको कारण संक्रमण संख्या, मृत्य दर र संक्रमित संख्या आशातित र तुलनात्मक रुपमा नियन्त्रण भई भयावह अवस्थाबाट रोकथाम भएको छ ।
नेपालको सन्दर्भमा अहिले सम्ममा (२०७७ असोज ५ गते) जम्मा संक्रमित संख्या ६४,१२२ निको भएका जम्मा ४६,२६६० जना र मृत्य संख्या जम्मा ४११ जना रहेको पाईन्छ भने पछिल्लो समयमा सबै भन्दा बढी संक्रमितको संख्या काठमाण्डौ(१२४४०), मोरङ्ग (२६२५) र पर्सा (२६२४) जिल्लामा रहेको छ । Sources: coronavirus.jhu.edu/WHO
कोरोना भाईरस नेपालमा अहिले दिन प्रतिदिन बढ्दै गएको कारण युवा, महिला बालबालिका, जेष्ठ नागरीक, फरक क्षमता भएका, व्यापार, व्यवसाय, औद्योगिक क्षेत्र, पर्यटन, बैंक, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, दैनिक ज्याला मजदुरी लगायत सबै क्षेत्रमा अकल्पनिय रुकावट आएको छ त्यो पनि अनिश्चितकालिन । आखिर कहिले सम्मका लागी कसैलाई थाहा नभएको अनुत्तरीत र तर्कको अर्थ नलाग्ने महामारी ।
किन्डर गार्टेन देखि पि.एच.डी.तह सम्मका, औपचारीक देखि अनौपचारीक शिक्षा, टेक्नीकल देखि ननटेक्नीकल शिक्षाका विद्यालय, क्याम्पस र विश्व विद्यालयका नियमित पढाई कक्षाहरु बन्द भएका छन् । आफ्नो सीप, क्षमता र कार्य दक्षताको आधारमा वर्तमान र भविश्य बनाउन आ–आफ्नो करिअरमा तल्लीन सबै वर्गहरु लगडाउन र निषेधाज्ञाको पालना गरी बाध्य भएर घरमा नै बस्नु पर्ने अवस्था सिर्जना हुनु । त्यस्तै, स्व–स्फूर्त रुपमा चलिरहेको उद्योग, पर्यटन, होटल, व्यापार, वैदेशिक रोजगार तथा व्यवसायमा मन्दी आएको कारण नैराश्यता छाउनु । ज्याला मजदुरी गरेर खानेहरु महामारीले भन्दा भोगले मर्ने पिरको चपेटामा छन् । त्यसोत, एउटा भर्खर विद्यालय जान मात्र बानी परेका सानी नानीलाई कती कक्षामा पढ्छौ भनेर प्रश्न गर्दा सहज रुपमा पढ्न छोडे भन्ने प्रतिउत्तर पाउँदा र व्यवसाय गर्ने एक युवालाई व्यापार व्यवसायको अलवा आजकाल दिनहरु कसरी बित्दैछ भनेर जिज्ञाशा राख्दा दिन बिताउनै गाह्रो हुने भएकोले बिहानै नभई दिएको भए हुन्थ्यो बरु भन्ने उदासीनताको (फ्रष्ट्रेसन) भाव प्रकट हुनु, सामान्य रुघा खोकी र ज्वरो आउदा र टाउको दुख्दा निर्धक्क भई चेक गर्न क्लीनिक र अस्पताल धाउन सहजै बानी परेका बिरामीहरु अहिले अस्पताल जानुको सट्टा उल्टै कोरोना सर्ने वा भित्रीने डरले भयभित भई दुखाई सहेर घरमै बस्नुु, डक्टरको निरन्तर फलोअपमा रहेका दीर्घ रोगका बिरामीहरु झनै कमजोर मानसिकता हुने संभावना बढ्नु जस्ता कुराहरुले मानव जीवनशैली नै अप्रत्यासित रुपमा फरक बन्न पुगेको छ । कोरोनाको त्रास र भोकमरीले मर्ने डर एकातिर छ भने अर्काे तर्फ हत्या, आत्महत्या, लैंगिक हिंसा, बाल हिंसा, बलत्कार, ट्राफिकिङ्ग, घरेलु हिंसा तथा सेक्सुअल हिंसाको तथ्यांङ्क दिनहु बढ्दै गईरहेको छ यही समयमा । खाद्यन्न तथा स्वास्थ्य सामाग्री लगायत अन्य उपभोग्य सामाग्रीहरुमा र राहतको नाममा कालोबजारी र भ्रष्टचारको चरम दुरुपयोगको प्रवल संभावना रहेको छ । त्यसैगरी कोरोनाको कारण नेपाल लगायत विश्व अर्थतन्त्र, बेरोजगारको संख्या र आत्महत्या दिन प्रतिदिन बढ्दै गएको छ
तुलनात्मक रुपमा विश्लेषण गर्दा उर्जावान, क्रियाशील, खोजमूलक, अनुसन्धानात्मक र श्रृजनात्मक जीवनशैलीको अलवा निस्कृय जीवनशैली नै सबथोक जस्तो बनाई दियो महामारीको करिब यो ६ (छ) महिनाको अवधिमा ।
विश्वलाई नै च्यालेन्ज दिई रहेको कोरोना नेपालमा झनै बढेर जाने संम्भावना प्रष्ट रुपमा आंकलन गर्न सकिन्छ त्यसैले कोरोना संग डराएर र आत्तिएर होईन लडेर, जितेर, आत्मवल बढाएर, सचेतना फैलाएर, पर्सनल हाइजिन र सरसफाईलाई प्रथमिकतामा राखेर, सामाजिक दुरी कायम गर्दै दैनिक खानपिनमा ध्यान दिन सकेमा पनि यो रोगबाट धेरै हद सम्म बच्न सकिन्छ ।
अहिले नेपाल सरकार अन्र्तगतका सबै स्थानिय निकायहरुका (७५३) निती तथा कार्यक्रमहरु नै परिवर्तन भएका छन् । विकास कार्यक्रमका गतिविधिहरुमा तिब्रता बढाउनुको अतिरित्त महामारीको संख्या न्यूनीकरणका लागी विभिन्न माध्ययमहरु जसमा क्वारेन्टाईन, आईसोलेसन व्यवस्थापन, राहत बितरण तथा व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ्ग, ट्रयाकिङ्ग, ट्रिटीङ्ग, पि.सी.आर.परीक्षण र अनुगमन जस्ता पक्षहरुमा व्यस्त रहेको पाईन्छ । विशेष गरी नेपाल प्रहरी, शसस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, स्वास्थ्य कर्मी, जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, पत्रकार, बैकर, टोल विकास, होटल व्यवसायी, उद्योग संघ, उद्योग वाणिज्य संघ, सहकारी र क्लब लगायत सम्पूर्ण सरोकारवाला नागरीकहरुको जिम्मेवारी र भुमिका समान रहने भएकोले सबैको ध्यान र काम दैनिक र मासिक योजनाका काम भन्दा पृथक भई कोरोना भाईरसको रोकथाममा तल्लीन रहेका छन् ।
कोभिड–१९ ले नेपाल लगायत विश्वमा ठूलो चनौती दिएको छ । जसमध्ये
– राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको अर्थतन्त्रमा ठूलो घाटा बेहोर्नु पर्ने अवस्था सिर्जना हुनु
– कोरोना उपचारको निमित्त नेपालका कुनै पनि क्लीनिक तथा अस्पतालहरुमा बेड समेत नपाउने समस्या बढ्नुका साथै राष्ट्रले उपचार खर्चको भार थेग्न नसक्नु
– विकासको गतिमा रुकावट आई वर्षौ पछाडी धकेलिन सक्ने प्रवल संम्भावना
– बिना सुचना आउन सक्ने यो भन्दा अर्काे ठुलो महामारीको पूर्व तयारी र सावधानी आदी ।
कोरोना भाईरसका कारण नेपाल मात्र नभई विश्वलाई नै नबिर्सने गरी सिकाई भएको छ । जसमा;
– सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक लगायत अन्य सबै विकास र सवलिकरणको निमित्त स्वास्थ्य महत्वपूर्ण आधार तथा आवस्यकता भएकोले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने
– कुनै पनि विपद वा महामारी आउनु पूर्व नै तयारी अवस्थामा रहनु पर्ने र सो समयमा चाहिने अत्यावस्यक स्वास्थ्य सामाग्री, उपकरण, तथा अन्य
सामाग्रीहरुको गुणस्तर र उचित व्यवस्थापनमा जोड दिनु पर्ने ।
– विपद वा महामारी जुनसकै बेला र जहाँ पनि हुन सक्ने भएकोले हताहत नभई शारीरिक र मानसिक रुपमा उच्च मनोवलका साथ उचित
व्यवस्थापनमा सतर्कता अपनाउनु पर्ने
– सरकारले बनाएका निती नियमलाई आम समुदायले राम्रो संग पालना र कार्यान्वयन गर्नु पर्ने
– कोरोना पोजेटिभ कुनै पनि लक्षण नभएका÷नदेखिएका सामान्य व्यत्तिलाई पनि देखा पर्न सक्ने भएकोले व्यवास्ता गर्न नहुने । आदी ।
बन्द, लगडाउन र निषेधाज्ञा सधै र सबैका लागि समाधानका उपाय भने पक्कै होईन यसको दिगो समाधानका उपायहरु अनिवार्य रुपमा अवलम्बन गर्नु पर्ने देखिन्छ । तसर्थ यसका तिमित्त कोरोना विरुद्धको खोप (भ्याक्सीन) तयार पारी विश्व र नेपाल भरी नै सहज रुपमा व्यवस्था छिटै हुनु आवस्यक छ ।
२०७६ साल चैत्र महिनाको ११ गते बाट नेपालमा शुरु भएकोे लकडाउन, निषेधाज्ञा र शीलको विषम अवस्थाका कारण दैनिक जीवनमा कठिनाई र आजित भई जबरजस्ती बाहिर निस्कन र आ–आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न स्वभाविक रुपले हतारमा देखिन्छन् मानिसहरु । त्यसोत मानव जीवनका दैनिक कृयाकलाप र व्यवहारीक आवश्यकता एवं सामाजिक तथा आर्थिक क्षेत्रहरुमा सुधार गर्नका लागी र अहिलेको स्थिति भन्दा तल खस्कनबाट जोगाउन र पहिलेकै सामान्य जीवनमा ल्याउनको लागी सरकारद्धारा पुनह असोज १ बाट लगडाउन र निषेधाज्ञा जारीलाई सम्पूर्ण सुरक्षाका मापदण्डहरु अपनाउने गरी एकै चोटी प्राय सबै क्षेत्रमा धेरै खुकुलो बनाएको छ । सरकारद्धारा लगडाउन र निषेधाज्ञा खुला गरेता पनि कोरोना संक्रमण रोकिएको छैन, हटेकोे छैन झन यसले उग्र रुप लिदै र बढ्दै गएको पाईन्छ र यही स्पिडले बढ्ने हो भने र व्यवास्ता गर्दै गयौ भने दशै र तिहार सम्ममा पचास प्रतिशत भन्दा बढी संक्रमण र संकटको भुमरीमा नफस्ला भन्न सकिन्न । यसकारण उच्च सतर्कता अपनाउदै पहिलेकै सामान्य जीवन र दैनिक कृयाकलापमा अभ्यस्त हुन हतोत्साही नभई उच्च मनोवल र आत्मविस्वासका साथ सरकारको निती नियम र निर्देशनको पालना आम जनसमुदायले अनुशासित ढंगले फलो गरी शुन्दर देश नेपाल र विश्वबाट कोभिड–१९ मुक्त गराउन हामी सबै मिलेर कोरोना सामना गरौ, कोरोना संग लडांंै, भगाऔं र जितौं । जीत पक्का छ, सम्भव छ ।

साबित्री गुरुङ्ग
इच्छाकामना गाउँपालिका
कार्यपालिका सदस्य एवं प्रवक्ता