इच्छाकामना फन्को मार्दा सबै वडा पुगे
सबै वार्डको परिचय ऐतिहासिक भेटे ।
तराई, पहाड, हिमाल जस्तै यसका अवस्थिति
बहुल जाति, बहु भाषा अनि बहु संस्कृति ।।
मनकामना केबुलकार, लामो झर्ना कपालसरी
अमूल्य ति जटिबुटि पाखाभरी सुनाखरी ।।।
बालगौरी, इच्छाकामना देवताका खानी यहाँ
अनन्त रुपी कलकल बग्ने त्रिशुली छ जहाँ ।।।।
मनमोहक दृश्य यहाँ उपरदंग र सिराईचुली
धार्मीक स्थल संगै जहाँ त्रिवेणीको संगम पनि ।।।।।
चितवनको एउटै मात्र इच्छाकामना पहिचान
जागौं सबै आजै देखि गापा सबल बनाउन ।।।।।।
साबित्री गुरुङ्ग
इच्छाकामना गाउँपालिका
कार्यपालिका सदस्य एवं प्रवत्ता
इच्छाखबर संवाददाता












