इटालीकाे राजधानी राेम प्राचीन राेम साम्रराज्यका रूपमा परिचित थियाे । जसले पुरै युराेपभरि हरेक चिजमा प्रभुत्व राख्दथ्याे । राेम साम्रराज्यले पुरै युराेप, अफ्रिका हुँदै एसियाली देशमाथि पनि प्रभाव पारेकाे थियाे । राेम साम्रराज्यले जेरुसलेममाथि कब्जा गरेर इजरायलबाट यहुदीहरुलाई लखेटेपछि इसाई धर्मकाे प्रादुर्भाव भयाे । त्यसपछि राेमन सम्राट कन्सनटाइनले इसाई धर्मलाई देशकाे आधिकारिक धर्म घाेषणा गरे । प्राचीन राेम साम्रराज्यकाे उदय नै इसाई धर्मकाे प्रचारकाे लागि भएकाे थियाे । इसाई धर्मलाई राष्ट्रिय धर्म घाेषणा गरेपछि यसकाे स्वर्णयुग सुरु भयाे । प्राचीन राेम सुरुमा गणराज्यकाे रूपमा रहेकाे थियाे । त्यसबेला राेम साम्रराज्य लिखित संविधान र कानुन अनुरुप चलेकाे थियाे । ४५ ई.पू.मा जुलियस सिजर भन्ने शासक जब सत्तामा आए उनले सम्पूर्ण अधिकार हातमा लिएर आफैँलाई तानाशाह घाेषणा गरे । त्यतिखेर इसाईले धर्मले समाजका सबै क्षेत्रमा प्रभाव छाेड्न सफल भइसकेकाे थियाे । विश्वास, नैतिकता तथा सामाजिक विकासकाे गति सबलाई इसाई धर्मले गाँजेकाे थियाे भने बिस्तारै राजनीतिक व्यवस्था पनि इसाई धर्मबाट प्रभावित हुन थाल्याे । पछि एकातिर धर्मकै आडमा तानाशाहहरुलाई जनता कँज्याउन सजिले भयाे भने अर्काेतिर धर्मगुरुहरुकाे प्रभाव बिस्तारका कारण राजाहरु डराउन थाले । त्यसपछि धर्म र धर्माबलम्बीमाथि दमन र अत्याचार सुरु भयाे । जसका कारण सङ्घर्षहरु बढ्न थाले । आन्तरिक सङ्घर्षका साथै बाहिरिया घुसपैठ पनि बढ्न थाल्याे ।
धर्ममाथिकाे अत्याचारपछि महामारीकाे सामना गर्नुपर्याे पर्याे । ईस्वीकाे ६५ मा राेममा भयानक प्लेगकाे महामारी फैलियाे । अभिलेख अनुसार ३०००० मानिसकाे मृत्यु भयाे । त्यस्तै ईस्वी १६४-१८० सम्म एन्टाेलियन महामारी फैलियाे । यसमा दैनिक २००० मानिसकाे मृत्यु हुन्थ्याे । याे क्रम १६ वर्षसम्म जारी रह्याे । यसबाट सम्राट मार्कस अाेरेलियस पनि बच्न सकेनन् । त्यस्तै ईसाकाे २५०-२६० सम्म साइप्रियन प्लेग फैलियाे । यसले दैनिक ५००० हजार मानिसकाे ज्यान लियाे । याे विनाशकारी प्लेग २० वर्षसम्म जारी रह्याे । भनिन्छ यसबाट जम्मा २५ मिलियन मानिसकाे ज्यान गयाे । ईस्वीकाे ७ अाैँ शताब्दीमा जस्टिनियस प्लेगकाे प्रकाेप पाँच पटकसम्म रह्याे । जसमा युराेपकाे कुल जनसङ्ख्या ४० मिलियनबाट घटेर २७ मिलियन रहन पुग्याे । अनुमान अनुसार त्यस प्लेगबाट विश्वभर १०० मिलियन जति मान्छेकाे ज्यान गयाे । त्यहाँका मानिसमा ईसाइ धर्मप्रति यति ठुलाे आस्था र विश्वास थियाे कि त्यहाँका शासकले धर्म र संस्कृतिमाथि प्रहार गर्न थालेपछि त्यसले महामारीकाे रूप लिन्छ भन्ने उनीहरु ठानदथे । जसले गर्दा प्राचीन राेमकाे इतिहास नै समाप्त भएर गयाे। जसकाे वास्तुकला, भाषा साहित्य प्राचीन राेम सभ्यताबाट सुरु भएर युराेप हुँदै एसियाका मुलुकसम्म फैलिएकाे थियाे ।
अज विश्व काेराेनाकाे प्रकाेपले आक्रान्त छ । चीनबाट सुरु भएकाे काेराेनाले सुरुमा इटालीमा बढी क्षति पुर्याएकाे कुरा सञ्चार माध्यममा आएका हुन् । केही दिन पहिले इटालीमा सबैभन्दा बढी मानिसकाे मृत्यु भएकाे समाचार थियाे पछि अमेरिकामा सर्याे र अहिले एसियाली मुलुकतिर काेराेनाकाे महामारी बढी फैलिँदै गएकाे छ । प्राचीन राेमसँग पाठ सिकेर हामीले आफ्नाे कला, धर्म, संस्कृति, माैलिकताकाे जगेर्ना गर्नु पर्दछ । अफ्ठ्याराेमा शासककाे सत्बुद्धि पलाअाेस् । निराेझैँ नेपाली शासकले पनि विपत्तिमा बाँसुरी नबजाऊन् । राेमकाे हबीगत नेपालले भाेग्नु नपराेस् । त्यसैले हामीसँग भएका त्यस्ता पाैराणिक चिजहरु जसले समग्र विश्वलाई मार्गदर्शन दिन सक्छन् । तिनीहरुकाे मूल्यवत्ता पहिचान गर्न ढिलाे नगराैँ । करिब ५००० वर्षअघि वेदव्यासले पृथ्वीकाे बारेमा गरेका विभिन्न आश्चर्यजनक भविष्यवाणीहरु जुन भागवतमा लेखिएका छन् :
“कलियुगमा धन मात्र मानिसकाे उचित जन्म, असल व्यवहार र गुणकाे आधार मानिने छ, कानुन र न्याय मानिसकाे शक्तिकाे आधारमा लागु हुने छ ।”
“पुरुष र महिला केवल सतही आकर्षणका कारणले मात्र मिलेर बस्नेछन् पुरुषत्व केवल शारीरिक खरणचका आधारमा मात्र मापन गरिने छ ।”
“जाे धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हान्न सक्छ ऊ नै सबैभन्दा विद्वान् ठहरिने छ, धर्मकाे सिद्धान्त प्रतिष्ठासँग मात्र जाेडिने छ ।”
“पृथ्वी यसरी भ्रष्टहरुले भरिने छ । तब ती व्यक्तिहरुमध्ये जिले अाफूलाई शक्तिशाली देखाउन सक्छ, उसले राजनीतिक शक्ति प्राप्त गर्ने छ र अत्यधिक कर, अनिकाल आदिका कारण मनिसहरुकाे अापसि झैझगडा र काटमारका कारण मृत्य हुने छ ।”
“धर्म-संस्कृतिकाे नाममा संस्कार नभएका मानिस नै अगुवा भएर उच्च आसनबाट प्रवचन दिने छन् ।”
“मालिककाे सम्पत्ति सिद्धिएपछि सेवकले छाेड्ने छन् र सेवक अशक्त भएपछि मालिकले परित्याग गर्ने छन् ।”
” सहरमा चाेर र फटाहहरुकाे बिगबिगी बढ्ने छ र वेद नास्तिकहरुकाे गलत व्याख्याले भरिने छ ।”
“शासकले बिस्तारै जनता भष्म पार्ने छन् र पण्डित तथा बुद्धिजीविहरु पेट तथा जनेन्द्रियका भक्त हुने छन् ।”
त्यसैले हाम्रा वेदहरु विज्ञानसम्मत् छन् । अब परिवर्तन नयाँ शिराबाट हुन जरुरी छ । नेपालले नयाँ किसिमकाे परिवर्तन खाेजिराखेकाे छ । दार्शनिक बाजाका अनुसार- “परिवर्तन आउने जाने क्रियाबाट मात्र सम्भव छ ।” हिजाेकाे शैलीकाे क्रान्ति समाप्त भइसक्याे । जेकमिन क्लब नाम दिइएकाे फ्रान्सेली राज्य क्रान्ति त्यस्ताे किसिमकाे क्रान्तिकाे आधार भएकाे छ । नेपालमा पनि परिवर्तन सम्भव छ तर मुख्य कुरा राजनीति हाे । कुनै एउटा पार्टीकाे नेता समातेर गुटमा लाग्नु मात्र राजनीति हाेइन; तपाईं जुन ठाउँमा हुनुहुन्छ त्यहीँबाट गरिने अर्थपूर्ण हस्तक्षेप नै राजनीति हाे ।
कैलाश कोइराला
नेपाली काङ्ग्रेश चितवन जिल्ला उपसभापति