आर्यहरु भारतमा आउनुअघि कसरी सिन्धु उपत्यकामा एउटा सभ्य जाति बस्दथ्यो । त्यस जातिको समाज अफगानिस्तानमा बस्ने आर्यहरुको पितृसतात्मक समाजभन्दा कता हो कता उन्नत अवस्थामा थियो । जसरी असभ्य लडाकु जनयुगिन जर्मनहरुले सभ्य(सुसंस्कृत रोमनहरु र उनीहरुको विशाल साम्राज्यलाई ईशाको चौंथो शताब्दीमा परास्त गरिदिए । त्यसैगरी सर जोम मार्सलको मतानुसार आर्यहरुले सिन्धु उपत्यकाका नागरिकहरुलाई परास्त गरेर यहाँँ १८०० ई।पु। तिर आफ्नो प्रभुत्व स्थापित गरेका थिए । युरोपेली इतिहासकारका अनुसार पश्चिममा पनि हिन्द(युरोपेली जातिको अर्को शाखा युनानीहरुले त्यहाँका भूमध्यजातीय निवासीहरुलाई हराएर युनानमा आफ्नो प्रभुत्व स्थापित गरेका थिए । उस्तै देश र कालमा मानव प्रगति पनि समान किसिमबाट हुन्छ भन्ने छैनस तैपनि केही कुराहरुमा हिन्द(युरोपेलीले प्रगति गरिराखेको पाइन्छ । केही समय वित्दैजाँदा हिन्दू आर्यहरुको सामाजिक प्रगति राकियो । उनीहरुको समाजरूपी शरीरमा लेउ लाग्यो । समाज ज्युँदो लास जस्तै भयो । पुराना पुर्खाहरुको एउटा गतिलो म्युजियम बनेर बसेको छ आर्य संस्कृति ।

प्राचीन सिन्धु सभ्यताको परिचय मेहेन्जोदारो र हडत्पाको उत्खननपछि बिसौम्ह शताब्दीबाट सुरु हुन थालेको हो । मेसोपोटामियाका पुराना सभ्य जातिहरु झैँ सिन्धुवासीहरु पनि सामन्ती समाजको नागरिक जीवनमा थिए । उनीहरु कृषि, शिल्प, वाणिज्यका व्यवसायी थिए । ताम्र र पित्तल युगमा रहेर पनि उनीहरुले प्रशस्त उन्नति गरेका थिए । उनीहरुको एउटा साङ्गोपाङ्ग धर्म थियो । एक प्रकारको चित्रलिपि थियो । बन्धु सभ्यता थियो । उस्तै किसिमको धर्म विचार त्यसमा पनि थियो । त्यहाँ लिङ्ग तथा अन्य देवचिन्न वा देवमुर्तिहरु पुजिन्थे । आर्यहरुको पहिलो बसाइँको थलो काबुल र स्वात नदिका उपत्यकाहरुमा थियो । दाश्रो सप्तसिन्धु र तेश्रो बसाइँ यमुना(गङ्गा, राम(गङ्गाका सम्म मारलिला उपत्यकाहरुमा भयो । त्यसैले त्यसलाई अत्यन्त पवित्र अधिकांश तीर्थहरुको क्षेत्र तथा आर्यावर्त भनिन्छ । सिन्धुको पुरानो सभ्यतामा मेसोपोटामिया र मिश्रमा झैँ एउटा एउटा देवता तथा उनीहरुका सङ्केतहरु बनाइन्थे । आर्यहरुलाई त्यो मन पर्दैन थियो । सिन्धुवासीहरुको लिङ्गपूजालाई घृणा दृष्टिले हेर्थे र उनीहरुलाई ुशिस्नदेवाु भन्दथे ।

आर्यावतीर्य आर्यहरुका देवता इन्द्र, वरुण, सोम, पर्जन्य आदि धेरैजसो प्राकृतिक शक्तिहरु थिए । जैमिनि ९३०० ई।० का अनुसार आर्यहरुको प्राचीन साहित्य वेदमन्त्र र बाह्ममण दुई भागमा विभक्त छ । उनीहरुले जुन परिश्रमद्वारा वेदको छन्द, व्याकरण, उच्चारण स्वरसम्मलाई कण्ठस्थ पारेर जोगाइराखे, त्यो असाधारण छ । वेदहरुमध्ये सबैभन्दा पुरानो ऋग्वेद मन्त्र संहिता हो । ऋग्वेदका मन्त्रकर्ता ऋषिहरुमा सबैभन्दा पुराना विश्वामित्र, वशिष्ठ, भारद्वाज, अत्रि आदि हुन् । विश्वामित्र र वशिष्ठ समकालीन हुन् भने केहीमा एकदुई पुस्ताको फरक छ । भारद्वाजको समय १५०० ई। पू। हो । वशिष्ठ राजाका पुरोहित थिए । त्यसैले ९सम्पूर्ण वेद छ(सात पुस्ताको ऋृषिहरुको कृति हो० वेदहरुवाट आर्यहरुको समाज विकासका बारेमा जानकारी पाइन्छ । आर्यावर्तमा बसोबास गर्ने समयसम्ममा आर्यहरुमा कुरु पाचाल जस्ता प्रभुताशाली सामन्तवादी राज्यहरु कायम भैसकेका थिए । ऋग्वेदको आर्यावर्तमा ९१५००(१००० ई।पू।० मा कृषि र गौपालन जीविकोपार्जनका मुख्य साधन थिए । त्यस वेलाका आर्यहरुका खाने कुरामा( रोटी भात, दुध, घिउ, दही, मासु प्रचलित थिए ।

वैदिक ऋषिहरु शरीरबाट पृथक पनि आत्मा अर्थात् मनको अस्तित्व रहन्छ भन्ने कुरामा विश्वास गर्दथे । ऋग्वेदमा मन, आत्मा र असु जीवलाई जनाउने शब्दहरु हुन् । आत्माका प्रयोग आम रूपमा प्राणवायु वा शरीरको निम्ति भएको छ । वैदिक कालमा ऋषिहरु पुनर्जन्ममा विश्वास गर्दैन थिए । संसारको विषमता, गरिबी(धन, दासता(मालिकले गर्दा थोरै बाहेक अरु सधैँ दुःखको जाँतोमा पिसिरहेछन् । अत्यन्त कठोर सामाजिक अन्याय व्यात्त छ । त्यसको समाधान नदेखिने परलोकबाट हुन सकदैन भनी विरोध गर्ने देखिएका थियनन् । जब समालोचकहरु जन्मिए अनि उपनिषद् कालका धार्मिक नेताहरुले पुनर्जन्मको कल्पना गरे । जुन सामाजिक विषमता भयो भनेर समाजमा प्रभु र शोषकहरुका बारेमा प्रश्न उठेको थियो । पुनर्जन्मबाट त्यही विषमताद्वारा त्यसको समाधान चलाख दिमागको आविष्कार थियो ।

वैदिक ऋषिहरु धर्म र देववादमा विश्वास गर्दथे । उनीहरु यज्ञ र दानद्वारा अहिले र मरेपछि पनि सुखी रहन चाहन्थे । त्यसैमा कयौँ प्रश्नहरु उठेको पाइन्छ । पछि गएर तिनीहरुकै उत्तरले दर्शन आधार तयार भयको छ । ऋषिहरुले नै पहिला वादका(प्रतिवादको प्रतिवाद ९प्रतिषेध अथवा निषेध० गरेर ून सत् थियो न असत्ू द्वारा आफ्नोे समंवादलाई प्रस्तुत गरेका छन् । शून्य विश्वभन्दा पैलाको शून्य अवस्थामा पनि सत्ताका् कल्पना गरेका छन् । तर आज नवविद्वानहरु वेद, उपनिषदका ऋषिहरुलाई अनन्तकालसम्मका लागि दार्शनिक तत्त्वहरु सोचेर छाडिदिने व्यक्तिहरुका रूपमा मान्दछन् । उता आधुनिक युरोपेली विद्वानले प्लेटो र एरिस्टोटलका दर्शनलाई प्रथम र महत्वपूर्ण ईंटा हाल्लेहरु ठाने पनि आजका दर्शनधाराका सामु उनीहरुको विचार(धारालाई प्रारम्भिक नै मान्दछन् । वेदव्यासले भनेका छन्( आजभन्दा पाँच हजार वर्षपछि कलिकालमा मानिसले सभ्यता, संस्कृति अनि विज्ञानको चरम उन्नति गर्नेछ । विज्ञान बलमा उनीहरुले ग्रह(ग्रहान्तरसँग मैत्री गर्नेछन् । त्यसवेला यदि क्षमता पिपासु मानिसले महासमर गर्न चाह्यो भने त्यसै विज्ञानको सहायता लिएर अति भयावह स्थिति घटेर जाने छ ।

कैलाश कोइराला
नेपाली काङग्रेस चितवन जिल्ला उपसभापति