केही समय अगाडि धर्म र परम्परा विषयमा क्लास लिन गेष्ट लेक्चरकाे रूपमा उपस्थित भएकाे थिएँ । क्लास एकदम अन्तर्क्रियात्मक किसिमकाे थियाे । क्लासमा छात्रा र छात्रहरु बराबर जस्ताे हुनुपर्छ । मैले केही कुराहरु धर्मका बारेमा राखेपछि एकजना रमा नाम गरेकी विद्यार्थीले आफूले केही कुरा राख्ने इच्छा व्यक्त गरिन्- “म हिन्दु धर्ममा नै जन्मिएको हाे, मेराे स्कुल जीवन पूरा भैसकेपछि मलाई वेद र पुराण पढ्न मन लाग्याे, पण्डितसँग घर परिवारले सल्लाह गरे, नारीले यी सब कुराहरु पढन हुँदैन मति भ्रष्ट हुन्छ भनियाे । पण्डितले तपाईंकाे छाेरी बिग्रिने बाटाेमा लागिछिन् भने । परिवारले चाँडै नै विवाह गरिदिए । तर मभित्र पढ्ने उत्सुकता बाँकी नै थियाे । त्यसबेला मलाई एक मन रिस पनि उठ्याे, अर्काे मन हाे कि भन्ने पनि पर्याे । पछि मैले वेद, उपनिषद् , पुराणकाे बारेमा अध्ययन गर्दै जाँदा केही कतै पाइँन- नारीले अध्ययन गर्नु हुँदैन भनेकाे । ऋग्वेद, साम, यजुर्वेद र अथर्ववेदमा कतै पनि नारीले पढ्न हुँदैन भन्ने कुरा लेखिएको पाइँदैन । उपनिषदमा (१) प्राचीन उपनिषद्हरु : ईश, छान्दाेग्य, वृहदारण्यक (२) द्वतीयकालका उपनिषदहरु : ऐतरेय, तैत्तिरिया (३) तृतीयकालका उपिनषदहरु : प्रश्न, केन, कठ, मुण्डक र माण्डुक्य । (४) चतुर्थकालका उपनिषद्हरु : काैषितकि, मैत्री, श्वेताश्वतर । उपनिषद् शवब्दकाे अर्थ हाे- छेउमा बसेर गुरुद्वारा शिष्यलाई बताइने रहस्य । के शिष्य नारी बन्न हुन्न भन्ने छ ? मैले पाैराणिक कालका कथाहरुमा सुनेकाे छु नारीलाई देवी र अप्सराहरु बनाइका छन् । सीता, सुभद्रा र द्राैपति अपहरण ठूला ठूला ज्वाला बने, सभ्यता ध्वस्त भयाे । गान्धर्व संस्कृतिसँग तुलना गरी राेमान्स र मनाेरनञ्जनका साधन बनाइए। समय फेरियाे, युग फेरियाे, यस धर्तीमा जन्मिने अनुहार फेरिए, विचारधारा, नारा, आवाज पनि फेरिए । नारी मनभित्र आतङ्क भएर बसि नै रहयाे् । दृष्टिकाेण फेरिएन ।”

त्यस्तै अर्की छात्रा रिताले पनि केही राख्ने इच्छा व्यक्त गरिन्- म पनि हिन्दु परिवार मानै जन्मिएको नारी हुँ । मेराे बाल्यकाल आमाकाे भन्दा हजुरआमाकाे काखमा बढी बित्याे । हजुरआमाकाे अन्तिम अवस्थातिरकाे सेवामा म लिप्त थिएँ । मेराे विषय नर्सिङ भएकाे कारणले मलाई सबै कुराकाे ज्ञान पनि थियाे । जब अन्तिम अवस्थामा हजुरआमालाई तुलसीकाे मठनिर राखियाे । मलाई छुन दिइएन । किनकि म त्यसवेला (मिन्स) नछुने भएकाे रहेछु । पण्डितकाे सल्लाहमा आमा र ठूलीआमाले छुँदा पाप लाग्छ भनियाे । हजुरआमाकाे बाेल्ललसक्ने अवस्था थिएन । आँखाले हेरिराख्नु भएकाे थियाे । आँखाकाे सङ्केतले प्रष्ट गर्छ मलाई छुन खाेजिराख्नु भएकाे छ । अनि मेराे मनमा एक्कासी एउटा वितृष्णा पैदा भयाे हिन्दु धर्मप्रति । मलाई यस्ताे धर्म किन चाहियाे ? जहाँ पाप र पुण्यकाे कुरा गरेर मृत्युशैयामा मलाई हजुर आमासँग हग गर्न दिइएन । सबै भइराखेकाे (महिनावारी) म पनि भएँ । मलाई त्यसबेला खासै ज्ञान पनि थिएन । के रैछ हिन्दु धर्ममा त्यस्ताे भनेर अध्ययन गर्न मन लाग्याे । हिन्दु धर्मकाे ग्रन्थ वेद र उपनिषद्काे तागतलाई विश्वमा चिनाउने स्वामी विवेकान्दकाे विचारहरु पढ्न थालेँ जसले पुरै दुनियाँमा हिन्दुइजमकाे तागतकाे ढाेल पिटेका थिए । (भगवान भक्ति हाेइन एउटा विचार हाे) । उनले सन् १८९३ मा सिकागाेमा धार्मिक प्रवचनमा भनेका छन । (तिमी भगवानलाई विश्वास नगर, तिमी त्यसलाई विस्वास गर जाे तिमीभित्र छ) । कर्म अच्छा छ भने एउटा गुरु प्राप्त हुन्छ त्याे नै हिन्दुइजम हाे । गिरिवाला जसले पचास वर्ष अक्सिजन मात्र खायर बाँचेकी छन् । पचास वर्ष विना अन्न जीवित रहेकी गिरिवालाले कसरी जीवन परिवर्तनत गर्नु नै धर्म मानेकी छन् । उनी पनि त (महिनावारी) हुन्छिन् हाेला । कैयन् याेगी र महात्माहरुले उनकाे दर्शन गरेर आत्मज्ञान प्राप्ति गरेका छन् । मानिस हरेक मन्दिर, मस्जिद, गिर्जाङर, गुम्बा सबैतिर पसिरहे, भेला भइरहे, प्रत्येक घरभित्र एउटा एउटा पूजा काेठा बने । हरेक विहान त्यहाँ घण्ट बजे, आरती उतारिए, फूल चढे, भजन भए, त्याे मात्र धर्म हाे त ? धर्म नाउँकाे एउटा अङ्ग हाे । यहि कुरा महाभारत, रामायण, याेग-वाशिष्ठ, वेद एवं अन्य ग्रन्थमा पनि भनिएकाे छ । शरीरकाे माध्यमबाट नै मानिस ले सबै धर्मकाे साथ दिन सक्छ । जुन मेराे हृदयमा लिपिएकाे थियाे । प्रत्येक मेराे अङ्ग-प्रत्यङमा घुलीयकाे थियाे । हजुरआमाका ती स्पन्द। के मैले हजुरआमालाई छुन जानु पाप थियाे ? धर्मका नाउँकाे प्रवत्ता भए, ज्ञाता भए, प्रयाेत्ता भए तर ऊ हार्दिक भएन, कारुणिक भएन, अध्यात्म पढ्याे आध्यात्मिक भएन । आस्था पढ्याे तर आस्थिक भएन । उसले केवल पदार्थकाे रुपमा बुझ्याे अनि परम्पराकाे नाउँमा धर्मकाे ठेकदार बनेकाहरुले पाप-पुण्यकाे कुरा गरिदिए ।”

अर्काे छात्र हरिले पनि केही कुरा राख्ने अनुमति माग्याे- “म विज्ञान विषय लियर बिएससी सिद्धाएकाे विद्यार्थी हुँ । मैले धेरै र्याप र पपस्टारकाे डान्सहरु देखेकाे छु । मैले शिव (तान्डव नृत्य ) पनि हेरेकाे छु । त्रिशूलमा राखेकाे डमरु बजाएर जब शिवजी ताण्डव नृत्य गर्छन्, संसारकाे सिर्जना पनि त्यहिबाट हुन्छ । खत्तम पनि त्यहीबाट हुन्छ । त्याे इमेज नै केन्द्रीय फिलाेसपि हाे । (ताण्डव नृत्य ) मा नै पिएचडी गर्न चाहेकाे थिएँ । घरमा कुरा पनि राखेँ । घरपरिवाले पण्डितलाई बाेलाएर साेधे । ताण्डव नृत्यकाे बारेमा । “त्याे महादेव शिवले गाजा खाएर नाचेकाे हाे । छाेरा गजँडी भएर बिग्रिएला है।” यसरी हिन्दू धर्मकाे व्यापकतालाई पण्डतहरुले चुलाेमा सीमित गरिदिए सर । महादेवकाे नृत्यलाई धतुराे खाएर नाचेकाे भन्ने पण्डितकाे बारेमा अनुसन्धान गर्न थालेँ । हातमा पुराण लिएर दिनभरि हिँड्ने पण्डित, चर्चमा चाैकिदार जागिर खाने रैछन् । गरुण पुराण पनि त्यही प्रवृत्तिमा सीमित छ । त्यहाँ टपरीमा सीमित गरिदिए । चीनमा जसरी विद्यार्थीलाई आँखा चिम्मलिएर माओकाे प्रार्थना गर्न लगाई हातमा चकेलेट राख्खिन्थ्याे, गरुण पुराण पनि त्यहीकाे केही समय अगाडि धर्म र परम्परा विष प्रवृत्तिमा सीमित छ । त्यहाँ बहस छैन । ऋषिहरुले वादका प्रतिवादकाे प्रतिवाद (प्रतिषेध अथवा निषेध) गरेर “न सत् थियाे न असत्”द्वारा आफ्नाे बहसलाई अघि सारेका थिए तर उपनिषद् कालका धार्मिक नेताहरुबाट जुन समाजिक विषमता भयाे भनेर समाजमा प्रभु र शाेषकहरुका बारेमा प्रश्र उठेकाे थियाे । पुनर्जन्मबाट त्यही विषमताद्वारा त्यसकाे समाधान हुन्छ भनियाे । त्याे पनि गरुण पुराणमार्फत् । वैदिक कालमा ऋषिहरु पुनर्जन्मसँग परिचित थिएनन् । बाइबलमा ईसुकाे मात्र कुरा गरिन्छ । मुस्लिममा अल्लाहकाे मात्र कुरा गरिन्छ तर हिन्दु धर्म आफैँ सर्वव्यापी छ । हिन्दु धर्म आफैँमा विज्ञान हाे। काेलाेम्बिया विश्वविद्यालय न्युयाेर्क अनि अरु धेरै अमेरिका र युराेप विश्वविद्यालयमाहरुमा हिन्दु धर्मकाे बारेमा अनुसन्धान भएकाे छ । जीवन परिवर्तन नै यसकाे ध्येय हाे सर !”

कैलश कोइराला
नेपाली काङुग्रेस चितवन जिल्ला उपसभापति