ईच्छाकामना टिभि

अजितको “मनपराएरै हो” को भिडियो सार्वजनिक

अजितको “मनपराएरै हो” को भिडियो सार्वजनिक
गायक अजित घिसिङको गित मनपराएरै हो को भिडियो सार्वजनिक भएको छ । वल्र्ड म्युजिक को युट्युव च्यानल मार्फत सार्वजनिक भिडियोको गित भने केहि समय अगाडिनै रिलिज गरिएको थियो । सार्वजनिक भिडियोमा आशिष सुवेदी र डोल्मा शेर्पाको अभिनय देख्न सकिन्छ । रिकेश गुरुङको एरेन्ज रहेको गितमा रचना,शब्द र स्वर घिसिङकै रहेको छ भने भिडियो निर्देशन पनि गायक अजित घिसिङ आफैले गरेका छन् । हेर्नुहोस् भिडियो :

बगरमा अविनाश भोट माग्न पुगेपछिं

बगरमा अविनाश भोट  माग्न पुगेपछिं
चितवन, १४ मंसिर । चितवन क्षेत्र न २ प्रदेश सभा क का उमेद्वार घनश्याम दाहाल ‘अविनाश’ले आज भरतपुर महानगरपालिका वडा न २९ मा घरदैलो कार्यक्रम गरेका छन् । घरदैलोका क्रममा आज उनले वडा न. २९ मा गिटी चाल्ने मजदुरहरुसंग भेटघाट गरेका छन् । उनले केहीबेर मजदुरहरुसंग भलाकुसारी पनि गरे । भलाकुसारीको क्रममा अविनासले  माओवादी केन्द्र भनेको भोका नांगा गरिव किसान मजदुर बर्गको पार्टी भएको भन्दै अब बन्ने बाम पन्थीको सरकारले मजदुर बर्गको हकहितका लागि काम गर्ने प्रतिवद्धता जनाए । उनले मजदुरसंग...

सुकुम्बासी समस्या समाधान गरेरै छोड्छु : जितनारायण

सुकुम्बासी समस्या समाधान गरेरै छोड्छु : जितनारायण
चितवन, १४ मंसिर । लोकतान्त्रिक गठबन्धनका तर्फबाट चितवन क्षेत्र नम्बर २ (क) का प्रदेश सभा सदस्यका उम्मेद्वार जीतनारायण श्रेष्ठले अहिले व्याप्त रहेको सुकुम्बासी समस्या समाधानका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । बिहिबार कविलास, रामनगर, ठिमुरा नयाँबस्तीलगायतका क्षेत्रमा घरदैलो तथा चुनावि सभालाई सम्बोधन कांग्रेस चितवनका सभापती समेत रहेको युजा नेता श्रेष्ठले सुकुम्बासी समस्या समाधानका लागि राज्यको ध्यान केन्द्रित गर्दै चाँडो भन्दा चाँडो यसलाई निराकरण गर्ने बताए । सुकुम...

त्रिशुली बस दुर्घटना : अझै तीन जना बेपत्ता

त्रिशुली बस  दुर्घटना : अझै तीन जना बेपत्ता
चितवन, १४ मंसिर ।  त्रिशूली नदीमा बस खसेर भएको दुर्घटनामा मृत्यु सात जनाको सनाखत भएको छ। नदीमा हराएकाको भने खोजी कार्य जारी रहेको छ। दुर्घटनामा २२ जना घाइते भएका छन्। चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाले मृत्यु हुनेमा अर्घखाँचीका ५२ वर्षीय नुदराज अधिकारी, दैलेखका ३० वर्षीय अमरबहादुर शाही, नवलपरासी बर्दघाट नगरपालिका वडा नं १ का ५० वर्षीय कृष्ण ढकाल, रुपन्देही देवदह– ९ का ३० वर्षीय दीपक पाण्डे, कपिलवस्तु बाङ्ग्राका ३९ वर्षीय ओमबहादुर सिंजापति र वतन खुल्न नसकेका ...

चुम्लिङटार दुर्घटनामा मृतकको संख्या सात पुग्यो,केही घाईतेलाई हेलीकप्टरबाट लगियो

चुम्लिङटार दुर्घटनामा मृतकको संख्या सात पुग्यो,केही घाईतेलाई हेलीकप्टरबाट लगियो
चितवन, १३ मंसिर  । पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुमिलङबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या सात जनाको पुगेको छ ।दुर्घटनाग्रस्त बसबाट अन्य  २३ जना घाइतेको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ ।काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस चितवनको इच्छा कामना गाउँपालिका–३  स्थित चुम्लिङटार नजिकैबाट  त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो । विपरित दिशाबाट आएको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएर बस नदीमा खसेको हो । मृतक ६ जनाको दुर्घटना लगत्तै शव...

त्रिशुली नदीमा बस खस्यो, पाँच जनाको मृत्यु दर्जन बढी घाईते उद्धार कार्य जारी

त्रिशुली नदीमा बस खस्यो, पाँच जनाको मृत्यु दर्जन बढी घाईते उद्धार कार्य जारी
हिरालाल गुरुङ चितवन, १३ मंसिर । त्रिशुली नदीमा बस खसेर दुर्घटना भएका छन् ।काठमाडौँबाट अर्घाखाँची जादैँ गरेको बस ट्रक संग ठोक्किएर आज विहान ९ बजे चितवनको ईच्छाकामना ३ चुम्लिङ नजिकैबाट त्रिशुली नदीमा खसेको हो । अहिले सम्म ५ जनाको सब भेटीएको प्रहरीलाइ उदृत गर्दै सहकर्मी दान बहादुर गुरुङले जानकारी दिनुभयो । अहिले सम्म १३ जना घाईतेलाई उद्धार गरि उपचारका लागि अस्पताल लगिएको छ । बसको पुरै भाग पानीमा डुबेकाले अझै मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

ब्रेकीङ न्युज : त्रिशुलीमा भर्खरै बस खस्यो

ब्रेकीङ न्युज : त्रिशुलीमा भर्खरै बस खस्यो
चितवन,१३ मंसिर । काठमाडौँबाट अर्घाखाची जादैँ गरेको वस पृथ्वी राजमार्ग अन्तरगत चितवनको ईच्छाकामना ३ चुम्लिङ नजिकैबाट त्रिशुसी नदीमा खसेको छ । बस पानीमा डुबेको छ। अहिले सम्म केही घाईतेलाई उद्धार गपरएको छ । थप विवरण आउन बाँकी

कृषक लाइ कृषि अनुदानको ब्यबस्था गर्छु : दिनेश कोइराला

कृषक लाइ कृषि अनुदानको ब्यबस्था गर्छु : दिनेश कोइराला
भरतपुर, १२ मंसिर ।नेपाली कांग्रेशका नेता एबम चितवन क्षेत्र न ३ ( क ) का प्रदेश सभा सदस्य उम्मेदवार दिनेश कोइरालाले कृषकको लागि आबस्यक अनुदान र सहुलियतमा कृषि ऋणको व्यवस्था गर्ने प्रतिबद्दता जनाउनु भएको छ । आज भरतपुर ६ केशरबागमा आयोजित चुनाबी कोण सभा लाइ संबोधन गर्दै कोइरालाले आफुलाई जिताएमा कुनै पनि कृषक मारमा नपर्ने बरु कृषकको हक हित र सम्रक्षण गर्ने बताउनु भएको हो । कोण सभालाई संबोधन गर्दै कोइरालाले भन्नु भयो “ म देशका विभिन्न ठाउमा कार्यक्रममा जादा चिया खान होटेल पस्छु ...

चितवनका वाम गठबन्धनका उम्मेदवार भन्छन् टाउकोको मूल्य तोक्नेहरुसँग प्रतिष्पर्धा हुन सक्दैन

चितवनका वाम गठबन्धनका उम्मेदवार भन्छन् टाउकोको मूल्य तोक्नेहरुसँग प्रतिष्पर्धा हुन सक्दैन
शिशिर सिंखडा शक्तिखोर, चितवन, १२ मंसिर । संयुक्त वाम गठबन्धनका उम्मेदवार सहितको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम आज शक्तिखोरका विभिन्न क्षेत्रमा गरिएको छ । प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का उम्मदेवार कृष्णभक्त पोख्रेल र प्रदेश सभाका उम्मेदवार घनश्याम दाहाल सहितका सयौं स्थानीय नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रममा सहभागी भएका थिए । कालिका नगरपालिकाको वडा नं. ७ स्याउली बजार, सगुनटोल, जुटपानी बजार, कालिका ८ को न्यूरेनी, देवीटार लगायतका क्षेत्रका मतदाताहरुसँग उम्मेदवारह...

हुम्लामा तारा एयरको विमान दुर्घटना, पाइलटसहित पाँच जना प्रहरी घाइते

हुम्लामा तारा एयरको विमान दुर्घटना, पाइलटसहित पाँच जना प्रहरी घाइते
काठमाडौं, १२ मंसिर । हुम्लाको सिमीकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ ।विमानस्थलबाट उडान भर्ने क्रममा विमान दुर्घटना भएको प्रदेश नम्बर ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले जानकारी दिनुभयो । दुर्घटनामा पाइलट अमित गुरुङसहित पाँचजना प्रहरी घाइते भएका छन् । निर्वाचन सम्पन्न गरेर प्रहरी लिएर सुर्खेत आउने क्रममा विमान दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको सिमीकोटमै उपचार भइरहेको छ । उद्दार जारी छ । दुर्घटनामा विमानको अगाडिको भागमा क्षति भएको छ । विमान ...