हिरालाल गुरुङ
चितवन, १३ मंसिर । त्रिशुली नदीमा बस खसेर दुर्घटना भएका छन् ।काठमाडौँबाट अर्घाखाँची जादैँ गरेको बस ट्रक संग ठोक्किएर आज विहान ९ बजे चितवनको ईच्छाकामना ३ चुम्लिङ नजिकैबाट त्रिशुली नदीमा खसेको हो । अहिले सम्म ५ जनाको सब भेटीएको प्रहरीलाइ उदृत गर्दै सहकर्मी दान बहादुर गुरुङले जानकारी दिनुभयो ।

अहिले सम्म १३ जना घाईतेलाई उद्धार गरि उपचारका लागि अस्पताल लगिएको छ । बसको पुरै भाग पानीमा डुबेकाले अझै मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।