एल क्लासिकोमा बार्सिलोना विजयी
श्रावण १६, २०७४- जेरार्ड पिकेको निर्णायक गोल मदतले बार्सिलोनाले रियल म्याड्रिडलाई मियामी एल क्लासिकोमा हरायो र यो खेल अपेक्षाअनुसार सनसनीपूर्ण रह्यो। स्पेनी अन्तर्राष्ट्रिय खेलाडीले ५० औं मिनेटमा नेयमरको फ्रि–किकलाई गोलमा परिणत गरे र हार्ड रक स्टेडियमका ६६ हजार १४ दर्शक अगाडि बार्सिलोना ३–२ ले विजयी रह्यो।
लियोनल मेसीले ६४ मिनेट मैदानमा बिताए र उनकै गोलले बार्सिलोनाले अग्रता लिएको थियो। इभान राकिटिचले लगत्तै दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। जिनेदिन जिदानको...