नारायणगढ–मुग्लिन सडकको सवारी जाममा कमी
हिरालाल गुरुङ
चितवन,२६ माघ । विहान १० बजेदेखि दिउँसो ४ बजे सम्म सवारी साधन रोकेर काम गर्दै आएको नारायणगढ–मुग्लिन सडकमा सवारी चापका कारण हुने घण्टौँ सम्मको जाममा केही कमी आएको छ ।विहान १० बजे देखि दिउँसो ४ बजे सम्म ६ घण्टा बन्दको समयमा ठूला सवारी साधनहरु सडकमा रोक्दा ४ बजेपछि सडक सुचारु गरे पनि घण्टौँ सम्म जाम हुने गर्छन् । तर अहिले भने सहजता भएको हो ।
ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक धर्म बहादुर केसीले विहान १० बजे सडक बन्दको समयमा ट्रकहरुलाई कुरिन...