ईच्छाकामना चितवन, ७ माघ । बचत तथा ऋण सेवा, विधुत सेवा वितरण, लघुवित्त कार्यक्रम मनिट्रान्सफर सेवा , कृषि तथा पशु फार्म, रिचार्ज जस्ता सेवाहरु दिदैँ आएको मर्स्याङ्गदी सहकारी संस्था लि मुग्लिन सामाजिक कार्यहरुमा पनि सक्रिय रहेका छन् ।
संस्थाले शनिबार पनि ईच्छाकामना ५ पामडाँडाका ३९ जना बृद्व बृद्वाहरुलाई कम्बल वितरण गरेका छन् ।
संस्थाका अध्यक्ष जयलाल श्रेष्ठ,व्यावस्थापक श्रीप्रसाद कडेँल लगायतको उपस्थितिमा कम्बल वितरण गरिएको हो ।
यस अघि पनि संस्थाले मृगौला पीडित निमा कुमारी सिलवाललाई रु दश हजार नगद र केही विद्यालका लागि शैक्षिक सामाग्रीहरु सहयोग गरेका थिए ।
साथै आर्थिक अभावका कारण विद्युत मिटर राख्न नसक्नेहरुका लागि प्रतिघर रु.२ हजारका दरले २७५ घर व्यवसायी मिटरका लागि रु ३ हजारका दरले २१ जनालाई निशुल्क मिटर वितरण गरेको मस्र्याङ्गदी सहकारी संस्था लि. मुग्लिनले जनाएको छ ।