चितवन, (ईच्छाकामना) १५ माघ । चितवनको एक मात्र ईच्छाकामना गाउँपालिकामा स्थानिय तहमा न्यायिक समितिको अधिकार र यसको प्रयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा ईच्छाकामना गाउँपालिका वडा न ३ कुरिनटारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानिय सरकारमा उपाध्यक्षको नेतृत्वमा बन्ने न्यायिक समितिको काम कर्तव्य अधिकार र प्रयोगबारे जानकारी गराइएको थियो ।

नेपाल सकार कानुन न्याय तथा संसदीय मामिला मामिला मन्त्रालयका उपसिचव गोविन्द खनालले स्थानिय तहमा न्यायिक समितिको अधिकार यसको प्रयोग बारे प्रशिक्षण दिएका थिए ।

गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षातामा भएको अन्तरक्रिया गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, वडा अध्यक्ष, सदस्य संचारकर्मी विभिन्न संसस्थाका प्रतिनिधि कर्मचारी लगायतको सहभागिता रहेको थियो ।