चुम्लिङटारमा कार दुर्घटना : एकको मृत्यु ३ घाईते
हिरालाल गुरुङ
चितवन, (इच्छाकामना) २९ फागुन । चुम्लिङटारमा कार दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । गएराती साढे १ बजे धादिङबाट पोखरा जादैँ गरेको बा १२ च ४६१५ नम्बरको कार पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङटारमा सडक किनारमा पल्टिएर दुर्घटना हुदाँ धादिङ जिल्ला छाप्रे गाउँपालिका ३ का बर्ष २३ का सरोज सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
उनको उपचारका लागि लैजादैँ गर्दा बाटैमा मृत्य भएको हो । दुर्घटनामा परि अन्य ३ जना घाईते भएका छन् ।...