चितवन, पुस १८ । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक रुपमा ६ घण्टा वन्द हुने भएको छ । र
सडक विस्तारको कामलाई समयमा नै सक्न आजदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्मको समयमा सडक वन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।
सडक खण्डमा भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिन लागेको पन्तले बताए ।
काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय भरतपुर चितवनले जनाएको छ । भने यसअघि कार्यलयमा सम्पन्न सरोकारवालाहरुको बैठकले राति पाँच घन्टा र दिउँसोको समयमा एकतर्फी सवारी सन्चालन गरेर कामलाई तीव्रता दिने निर्णय गरेको थियो ।
पन्तका अनुसार राति १० देखि बिहान ४ बजेसम्म सवारी रोक्दा मानव बस्ती नभएको क्षेत्रमा सवारी रोक्ने व्यवस्था मिलाइएपछि नारायणगढबाट मुग्लिनतर्फ जाने बस र साना सवारीसाधनलाई दासढुंगाको मानव बस्ती नभएको खोला किनारमा रोक्ने व्यवस्था गरिएको छ । यसैगरी ट्रकलाई भतेरी र रामनगरको जंगल क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको छ ।
काठमाडौँतर्फबाट आउने बस र साना सवारीका लागि मुग्लिनबजारमा र ट्रकलाई लेवाटारमा रोक्ने व्यवस्था मिलाइएको छ । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि यसलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले हालसम्म समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको जानकारी समेत दिए ।
हेरौँ यस्तो वन्दको रुट :
नारायणगढ-मुग्लिङ सडक राती बन्द हुने
नारायणगढ- मुग्लीङ सडक निर्माण कार्यमा तिब्रता दिन आज मिति २०७४ पौष १८ गते राती २२:०० बजे देखि विहान ०४:०० बजे सम्म सडकमा आवागमन बन्द हुने भएकोले निम्नानुसार गर्न गराउन हुन हार्दिक अनुरोध गरिएको छ ।
- काठमाण्डौबाट छुट्ने नाईट बसहरु राती २२:०० बजे भित्र मुग्लिङ बजार पार गरि सक्ने र पुर्व तथा पश्चिम तर्फवाट काठमाण्डौ पोखरा जाने बसहरु विहान ०३:०० बजे रामनगर क्रस गर्ने गरि समय व्यवस्थापन गरि आउने ।
- काठमाण्डौबाट नारायणगढ तर्फ आउने मालबाहक सवारीहरु राती २१:०० बजे नै लेवाटर पार गरि सक्ने र सो पछि आउने मालवाहक सवारी लेवाटार ईलाकामा एकलाईनमा विहान ०४:०० बजे सम्म बस्ने ।
- पुर्व वा पश्चिमवाट मुग्लिङ तर्फ जाने मालबाहक सवारीहरु राती २१:०० बजे नै रामनगरको भतेरी जंगल ईलाका पार गरि सक्ने र सो पछि आउने मालवाहक सवारी भतेरी जंजल ईलाकामा एकलाईनमा विहान ०४:०० बजे सम्म बस्ने ।
- सवारी रोकिने स्थानहरु रामनगर-भतेरी ईलाका, दासढुङ्गा ईलाका, मुग्लिङ बजार ईलाका र लेवाटार ईलाकामा एक लाईनमा मात्र सवारी रोक्ने ।
- राती २२:०० बजे देखि विहान ०४:०० बजे सम्म नारायणगढ-मुग्लिङ सडक खण्डमा सुरक्षाको दृष्टिकोणले कुनै पनि सवारी छोड्न नसकिने हुँदा आफ्नो यात्राको व्यवस्थापन गर्ने ।
- सवारी छुटेको समयमा ओभरटेक नगरी आफ्नो लेनमा धैर्यताका साथ यात्रा गर्ने ।
यहाँहरुको सुरक्षित र व्यवस्थित यात्राकोलागि शुभकामना ।