Banner News

दासढुंगा नजिकै यात्रुबाहक बस पल्टियो, १९ जना घाइते

दासढुंगा नजिकै  यात्रुबाहक बस  पल्टियो, १९ जना घाइते
चितवन :  नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको भरतपुर २९ दासढुंगा नजिकै बस दुर्घटना भएको छ । कांकडभिट्टाबाट काठमाण्डौतर्फ गईरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई आज बिहान करिब ५ः२० बजेको समयमा उक्त बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो। बस रुखमा अड्कदा बसमा सवार चालक सहित ४० जना मध्ये १९ जना घाईते भएको पण्डितले बताउनुभयो । घाइतेहरुको भरतपुरको पुरानो मेडिकल कलेज र भरत...

मायाटारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन तथा सेवा सुभारम्भ

मायाटारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन तथा सेवा सुभारम्भ
मायाटार : चितवनको इच्छाकामना २ मायाटारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको भवन उद्घाटन तथा सेवा सुभारम्भ भएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले  भवनको समुद्घाटन  गर्नुभएको हो । साथै एक बृद्धाको स्वास्थ्य जाँच गरि  बिहिबार देखिनै  स्वास्थ्य सेवाको पनि  सुभारम्भ गरिएको छ । गाउँपालिकाका सबै नागरिकलाई  आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने अभियान अन्तरगत मायाटारमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको स्थापना गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । यस...

मायाटारमा सार्वजनिक सुनुवाई

मायाटारमा सार्वजनिक सुनुवाई
मायाटार  : इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०७९÷ ८०को तेश्रो चौमासिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ स्थित आधारभुत विद्यालय मायाटारको सभाहलमा बिहिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विकास निर्माणमा हुने ढिला सुस्ती उपभोक्ता मार्फत भएका योजनाहरुको भुक्तानीमा ढिलाई हुने, सम्झौता अनुसार बजेट उपलब्ध नहुने लगायतका समस्या बारे सहभागीहरुले प्रश्न गरेका थिए । साथै वडा नम्बर २ मा विद्युत विस्तारको काममा ठेकेदारले ढिला सुस्ती गरेको भन्दै ग...

रोजगार दिने संस्थालाई टिकाई राख्ने निति ल्याउन इच्छाकामनाका उद्योगी व्यवसायीहरुको सुझाव

रोजगार दिने संस्थालाई टिकाई राख्ने निति ल्याउन इच्छाकामनाका उद्योगी व्यवसायीहरुको  सुझाव
कुरिनटार :  चितवनको इच्छाकामनामा रोजगारी पहिचानका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिकाभित्र रहेको रोजगार दाताहरुको सहभागितामा स्थानिय तहमा उपलब्ध हुने रोजगारीको समस्याको पहिचान, अवसरको खोजी एवं अभिवृद्धी गर्ने उदेश्यले स्थानिय तहको रोजगार रणनिति तर्जुमा सन्दर्भमा रोजगारदाताहरुको धारणा संकलनका लागि रोजगार संवाद तथा रोजगार रणनिति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सहभागि उद्योगी व्यवासयीहरुले गाउँपालिका भित्र रहेका उद्योगहरुलाई सञ्चा...

प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको निधन

प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको निधन
काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल को निधन भएको छ।  आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले जानकारी दिए। उनले थाहाखबरलाई भने, ’अवस्था गम्भीर बनेर विहान अस्पताल ल्याइएको थियो। ८ बजेर ३३ मिनेटमा निधन भयो।’ अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता अस्पतालमा छन्। उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय...

साउने सोमबारको व्रत आजदेखि सुरु

साउने सोमबारको व्रत आजदेखि  सुरु
काठमाडौं, २५ असार । चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ।  सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ। चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा. देवमणि भट्टराईले गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए। पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको भीड बढ्न था...

आजदेखि प्रदेश र स्थानीय तहको खाता बन्द

आजदेखि प्रदेश र स्थानीय तहको खाता बन्द
काठमाडौँ  :  सोमवारदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने भएको छ  छ ।  महालेखा नियन्त्रक कार्यालयले  यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन्। प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन। राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेकहरु सोमवार पनि साटिन सक्नेछन्, तर कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न पाइँदैन, सूचनामा भनिएको छ। आर्थिक कार्यविधि तथा...

नारायणगढ –मुग्लिन सडक ९ घण्टापछि दुइतर्फी सञ्चालन

नारायणगढ –मुग्लिन सडक ९ घण्टापछि दुइतर्फी सञ्चालन
मुग्लिन, २४ असार । पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक ९ घण्टापछि दुइतर्फी सञ्चालनमा आएको छ । आईतबार बिहान १ :  १५ बजेदेखी अवरुद्ध सडक दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । चितवनको इच्छाकामना ६ कालिखोलामा शनिबार दिउँसो ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेका थिए । ९८४५९५०३०१

कवि श्रेष्ठको कविता सङ्ग्रह आरु फुलेको साँझको परिचर्चा

कवि श्रेष्ठको कविता सङ्ग्रह आरु फुलेको साँझको परिचर्चा
इच्छाकामना : कवि अनिल श्रेष्ठको कविता सङ्ग्रह आरु फुलेको साँझको परिचर्चा गरिएको छ । सामुदायिक रेडियो, इच्छाकामना एफएम कुरिनटारमा शनिबार एक साहित्यिक कार्यक्रमको आयोजना गरेर कवि श्रेष्ठको कविता सङ्ग्रह आरु फुलेको साँझको तेस्रो संस्करणको परिचर्चा गरिएको हो । कवि कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समीक्षक तेजविलास अधिकारीले कविता सङ्ग्रह बारे समीक्षात्मक दृष्टिकोण राखेका थिए । कवि सुदर्शन कट्टेल, रामजी त्रिपाठी, ईश्वरविलास अधिकारी र पत्रकार हीरालाल गुरुङले कवि...

नारायणगढको प्रिमियर अटो ट्रेडर्समा अपग्रेडेड र अपडेटेड एनएस १६० र २०० लन्च

नारायणगढको प्रिमियर अटो ट्रेडर्समा अपग्रेडेड र अपडेटेड एनएस १६० र २०० लन्च
चितवन - नेपालमै सर्वाधिक बिक्री हुने बजाज कम्पनीको बहुप्रतिक्षित मोटरसाइकल चितवनमा लन्च गरिएको छ । नारायणगढको सहिदचोकस्थित प्रिमियर अटो ट्रेडर्सले आज (शुक्रबार) एक कार्यक्रमकाबीच १६० एफआई एबिएस युएसडी र २०० सिसीको एफआई एबिएस बिएस सिक्स अपग्रेडेड र अपडेटेड एनएस सिरिजका दुई मोडलको बाइकको बिक्री प्रारम्भ गरिएको हो । यससँगै शोरुममा यी दुबै मोडलका बाइकहरुको बुकिङ पनि खुला गरिएको छ । यी बाइकमा चालकको सुरक्षालाई प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबीएस प्रणाली जडान गरिएको छ ।...