कुरिनटार :  आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती आज शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।नेपालसहित दार्जिलिङ,सिक्किमलगायत नेपालीभाषी रहेका धेरै क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम मनाइएको हो ।
यसैबिच चितवनको इच्छाकामनामा पनि आदिकवि  भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती मनाइएको छ ।साहित्य प्रवाह इच्छाकामनाको आयोजनामा कुरिनटार स्थित इच्छाकामना मन्दिरको सभाहलमा एक कार्यक्रमकाबिच भानुजयन्ती  मनाइएको हो ।

348332488_3489300718053619_9138213276096528051_n1689358607.jpg
वडा नम्बर   ४  का  वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रसाद सिलवाल, वडा नम्बर ३ का वडाध्यक्ष नर बहादुर नेपालको विशिष्ट आतिथ्यतमा  भएको कार्यक्रममा भानुझक्तको योगदान बारे चर्चा गरेका  थिए । कार्यक्रममा इच्छाकामना साहित्य प्रवाहका सल्लाहकार एंव  कवि कृष्णप्रसाद पोखरेल, रामजी त्रिपाठी, शिव पौडेल,माधव खनाल, खेलकुमारी सापकोटा, तारादेवी सिलवाल, राजन खनाल लगायतले कविता वाचन गरेका थिए ।
भजन गुरु प.यादवप्रसाद अधिकारीबाट रामायण वाचन तथा राम कथा र भानुभक्त सम्बन्धि  संगितमय प्रश्तुती  रहेको थियो ।   भानुझक्तले नेपाली साहित्यमा पु¥याएको योगदान बारे चर्चा गरेको थियो । यसैबिच पूर्व शिक्षक समेत रहेका श्रीरेन्द्रप्रकास पोखरेलले  भानुभक्तले आफ्नो छोरालाई लेखेको चिठी वाचन गरेर सुनाएका थिए । प्रवाहका अध्यक्ष याकराज शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव शंकर प्रसाद सिलवालले  सञ्चालन गर्नुभएको थियो ।