चितवन : नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको भरतपुर २९ दासढुंगा नजिकै बस दुर्घटना भएको छ । कांकडभिट्टाबाट काठमाण्डौतर्फ गईरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई आज बिहान करिब ५ः२० बजेको समयमा उक्त बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो। बस रुखमा अड्कदा बसमा सवार चालक सहित ४० जना मध्ये १९ जना घाईते भएको पण्डितले बताउनुभयो ।
घाइतेहरुको भरतपुरको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
इच्छाखबर संवाददाता












