Banner News

चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु
चितवन : लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । आइतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरप्रमुख शशीकुमार खनियाँ, उपप्रमुख कविता उप्रेतीलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीयवासी अभियानमा सहभागी भएका थिए । सो अवसरमा नगरप्रमुख खनियाँले अभियानलाई निरन्तरता दिने जनाउँदै सबै स्व...

आज साउन १५ गते, खीर खाने दिन

आज साउन १५ गते,  खीर खाने दिन
काठमाडौँ :  साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ : मौसम पुर्वानुमान महाशाखका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। सोमबार देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मंगलबार पनि कोशी, बागमती, गण्डकी र लुम्ब...

आज सोमबार यस्तो छ तपाइको भाग्यफल

आज सोमबार यस्तो  छ तपाइको  भाग्यफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्न...

वडाध्यक्षको सेवासुविधबाट विपन्नको नि : शुल्क स्वास्थ्य बीमा

वडाध्यक्षको सेवासुविधबाट विपन्नको  नि : शुल्क स्वास्थ्य बीमा
कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रुद्रपसाद उप्रेतीले ६१ घरपरिवारलाई स्वास्थ्य बीमा गरिदिनुभएको छ । आर्थिक बर्ष २०७९/८० को आफुले पाउने पारिश्रमक वापतको सेवासुविधबाट ६१ घरपरिवारका विपन्न नागरिकलाई  स्वास्थ्य बीमा गरिदिनुभएको हो ।  वडाध्यक्ष उप्रेतीले एक कार्यक्रमकाबिच गाउँपालिका स्वास्थ्य शाखा अन्तरगत बीमा बोर्डलाई दुई लाख १३ हजार  पाँच सय रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण गर्दै वडाध्यक्ष उप्रेतीले  निर्वाचनका समयामा गरेको बाचा ...

हुग्दिखोला सडकमा दुई सय बढी गमलामा फुलको विरुवा रोपियो

हुग्दिखोला सडकमा दुई सय बढी गमलामा फुलको विरुवा रोपियो
हुग्दिखोला  : धादिङको बेनिघाट रोराङ १० स्थित  सडकको किनाराको गमलामा फुलको   विरुवा  रोपिएको छ । गाउँपालिका र बेनिघाट रोराङ युवा क्लबको सहकार्यमा  दुई सय भन्दा बढी गमलामा फुल रोपिएको हो।गाउँपालिका र क्लबले सडकमा ¥यालिङसहित गमलामा फुल रोपिएको हुग्दिखोला टोल उपभोक्ता समितिका अध्यक्ष निरज रिजालले बताउनुभयो । बेनीघाट रोराङ युवा क्लबका अध्यक्ष अनिल  रिजालका अनुसार बागमती प्रदेश सरकारको लगानीमा ढलानसहित निर्माण भइरहेको हुग्दिखोला हुँदै हात्तिवाङ, काउले जोड्ने ग्रामीण सडकमा आज फुल र...

सुन तस्कर प्रकरण : चिनियाँ नागरिक पक्राउ

सुन तस्कर प्रकरण :  चिनियाँ नागरिक पक्राउ
काठमाडौं :   १०० किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनिया नागरिक पक्राउ परेका छन्।​ ​ तिब्बतीयन एयरलाइन्सबाट चीन जान लागेका जेयुङ लिनलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। हिजो बुधबार हङकङबाट स्कुटरको ुब्रेक शुुको आवरणमा भित्राइएको करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। सुन ओसारपसारमा संलग्न भएको आरोपमा भन्सार एजेन्टसहित ६ जन...

विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल १५५ केजी

विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल १५५ केजी
काठमाडौं  :  नेपाल राष्ट्र बैंकले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल १५५ केजी पुगेको छ । राजस्व अनुसन्धान विभागले लगेको पोकासहितको सुन जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । तर त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुने आचार्यले बताए ।

सार्वजनिक जग्गा संरक्षण अभियानमा वडाध्यक्ष उप्रेती

सार्वजनिक जग्गा संरक्षण अभियानमा  वडाध्यक्ष उप्रेती
कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयले वडाभित्र रहेका सार्वजनिक जग्गाको संरक्षण अभियान सुरु गरेका  छन् । अभियान अन्तरगत वडा नम्बर ४ कुरिनटार स्थित  बडहरे चौताराको आठ कठ्ठा जग्गाको संरक्षण गरिएको  वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो । सार्वजनिक स्थानमा स्थानियले भौतिक संरचना निर्माण सुरु गरेपछि उक्त भौतिक संरचना हटाई संरक्षण गरिएको उहाँले  बताउनुभयो । वडाध्यक्ष उप्रेतीको  सक्रियतामा गाउँपालिका अध्यक्ष दानब हादुर गुरुङ स्थानिय, टोल व...

इच्छाकामना साहित्य प्रवाहले मनायो २१० औँ भानुजयन्ती

इच्छाकामना साहित्य प्रवाहले मनायो २१० औँ भानुजयन्ती
कुरिनटार :  आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती आज शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।नेपालसहित दार्जिलिङ,सिक्किमलगायत नेपालीभाषी रहेका धेरै क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम मनाइएको हो । यसैबिच चितवनको इच्छाकामनामा पनि आदिकवि  भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती मनाइएको छ ।साहित्य प्रवाह इच्छाकामनाको आयोजनामा कुरिनटार स्थित इच्छाकामना मन्दिरको सभाहलमा एक कार्यक्रमकाबिच भानुजयन्ती  मनाइएको हो । वडा नम्बर   ४  का  वडा...