Banner News

मुग्लिन-नारायणगढ सडकखण्डको जलबिरेमा अस्थायी प्रहरी पोष्ट स्थापना

मुग्लिन-नारायणगढ सडकखण्डको जलबिरेमा  अस्थायी प्रहरी पोष्ट  स्थापना
चितवन, १९ असार ।   मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोका कारण हुने समस्या तत्कालै हल गर्ने उद्वेश्यसहित चितवन प्रहरीले अस्थायी प्रहरी पोष्टको स्थापना गरेको छ । चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीको   पहलमा यहाँ  पहिरोबाट  हुने क्षति कम गर्न र विपद्को समयमा ‘क्विक रेस्पोन्स’ गर्न इच्छाकामना गाउँपालिका वडा नं ६ जलबिरेमा अस्थाई प्रहरी पोष्ट राखिएको हो । लाइफलाइनको रुपमा रहेको मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरोको कारण हुनसक्ने सडक अवरोध र सो समयमा तत्काल खटिई राजमार्ग सुचारु ग...

इच्छाकामनाको गाउँभसाद्वारा ७ विद्येयक पारित

इच्छाकामनाको  गाउँभसाद्वारा ७ विद्येयक पारित
कुरिनटार :  चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले ७ वटा विद्येयक पारित गरेको छ ।  सरकार गठन भएको एक वर्षको अवधिमा स्थानीय सरकार सञ्चालनको लागि  ७ वटा विद्येयक पारित गरेको गाउँपालिकाले जनाएको छ । सोमबार बसेको  गाउँपालिकाको  १३ औँ गाउँसभाको बैठकले  कर तथा गैर कर उठाउने सम्बन्धि विद्येयक,गाउँ शिक्षा ऐन,२०७५ पहिलो संशाोधन विद्येयक २०८०, सहकारी ऐन, २०७५पहिलो संशोधन विद्येयक२०८०,इच्छाकामना गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७९, रणनितिक कृषि विकास...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन
मुग्लिन : पहिरोका कारण अवरुद्ध नारायगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना ५ स्थित तीन नम्बर पुलमा सोमबार विहान २ बजे पुन :  पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो पञ्छाई विहान ७ बजेबाट सडक दुइतर्फी सुचारु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिनुभयो । पहिरोसँगै खसेको ढुंगाले लागेर ना ६ख ७१० नम्बरको ट्रक चालक समेत घाइते भएका छन् । घाइते चालकको मुग्लिन ...

नारायणगढ-मुग्लिन सडक पुन : अवरुद्ध , पहिरोसगैँ खसेको ढुंगाले लागेर ट्रक चालक घाइते

नारायणगढ-मुग्लिन सडक पुन : अवरुद्ध , पहिरोसगैँ खसेको ढुंगाले लागेर ट्रक चालक घाइते
मुग्लिन : नारायगढ –मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना ५ स्थित तीन नम्बर पुलमा गएराती २ बजे पहिरो खसेपछि सडक सडकह अवरुद्ध भएको हो । पहिरोसँगै खसेको ढुंगाले लागेर एउटा ट्रक सडक छेउमा फसेको छ । ट्रक चालक सामान्य घाइते भएका र उनको मुग्लिनमा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ ।बट्रक अहिले पहिरो पञ्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । थप पहिरो नखसे केहीबेर सडक सञ्चालनमा आउने प्रहरीको भनाई छ । यसअघि हिजो पनि शनिवार रातिदेखि बन्द भएको सडक बेलुकीपख मात्रै खुलेको थियो...

अलपत्र परेका यात्रुलाई खाजा र पानी वितरण

अलपत्र परेका यात्रुलाई खाजा र पानी वितरण
मुग्लिन : पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध  भएपछि अलपत्र परेका यात्रुहरुलाई उद्योग वाणिज्य संघ मुग्लिन र होटल संघ मुग्लिनले खाजा र पानी वितरण गरेका छन् ।चाउचाउ चिउरा र मिनिरल वाटर नि : शुल्क वितरण गरेका हुन् । उदोग वाणिज्य संघ मुग्लिनको  नेतृत्वमा मुग्लिनका स्थानिय व्यवसायीहरुबाट सहयोग जुटाई यात्रुहरुलाई खाजा र पानी वितरण गरिएको उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले बताउनुभयो ।केही यात्रुहरुले समेत सो अभियानमा साथ दिएको उहाँले  बताउनुभयो । यसैबिच हो...

नारायणगढ– मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ– मुग्लिन सडक दुइतर्फी सञ्चालन
मुग्लिन : हिरोका कारण अवरुद्ध बनेको नारायणगढ– मुग्लिन सडक  दुइतर्फी सञ्चालनमा आएको छ ।  गएराती साढे ११ बजे चितवनको  इच्छाकामना ५ स्थित तीन नम्बर पुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेका  थिए । पहिरो  पञ्छाई साँझ   ६ बजेदेखि सडक दुइतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरले  जनाएको छ । चालकहरुलाई  आफ्नो लेन  अनुशासनमा रहि सुरक्षित यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

  मुग्लिन -नारायणगढ सडक वरुद्ध

  मुग्लिन -नारायणगढ सडक वरुद्ध
मुग्लिन, १७ असार  ।  नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ ।चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित तीन नम्बर पुलमा गएराती  १० : ३० बजे पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने तयारी भइरहेको  इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  पहिरोमा विद्युतको  तार रहेको र सो तार हटाएपछि पहिरो पञ्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका  प्रमुख प्रहरी निरिक्षक विशाल तामाङले बताउनुभयो । पहिरो हटाउन मेसिन तयारी अवस्था रहेको उहाँले  बताउनुभयो ।

स्याङ्दी खोलामा निर्माणधिन पुलमा श्रमदान गर्नेको सङ्ख्या बढ्दै

स्याङ्दी खोलामा निर्माणधिन पुलमा श्रमदान गर्नेको सङ्ख्या बढ्दै
मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित स्याङ्दी खोलामा जनश्रमदानबाट पुल निर्माण भइरहेको छ । जनप्रतिनिधि र केही स्थानीयले मात्र सुरु गरेको जनश्रमदान अभियानमा अहिले दैनिक श्रमदान गर्नेको सङ्ख्या बढ्दै गएको हो । नियमित श्रमदानमा जुटिरहेका स्थानीय विक्रम मगरका अनुसार दैनिक एक सय ५० जनासम्म श्रमदानका लागि आउने गरेका  छन् । उहाँले भन्नुभयो, “पुल निर्माणका लागि वडा नं ७ बाट मात्रै नभई अन्य वडाबाट पनि श्रमदान गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको छ ।” श्रमदानमा आउनेलाई स्थानीयले...

तामिनमा सुन्तला जात फलफुल प्रवर्धन कार्यक्रम सञ्चालन

तामिनमा सुन्तला जात फलफुल प्रवर्धन कार्यक्रम सञ्चालन
तामिन : चितवनको इच्छाकामना गाउँपालिका वडा न ५ तामिनमा सुन्तला जात फलफुल प्रवर्धन कार्यक्रम सुरु भएको छ । कृषि ज्ञान केन्द्र चितवन र श्री तामिन कृषि सहकारी संस्थाको साझेदारीमा सुन्तला प्रवद्र्धन कार्यक्रम सुरु भएको हो । वडाध्यक्ष तेज बहादुर शेरचनले विरुवा रोपी सुन्तला प्रवर्धन कार्यक्रमको सुभारम्भ गर्नुभएको हो ।कार्यक्रम अन्तरगत उन्नत जातको पाँच हजार एक सय वटा सुन्तलाको विरुवा किसानलाई वितरण गरिने छ । १४ लाख ९४ हजारको लागतमा सञ्चालन हुने कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनक...

पत्रकार विवेकलाई चितवनको किसानले गरे नगदसहित सम्मान।

पत्रकार विवेकलाई चितवनको किसानले गरे नगदसहित सम्मान।
पत्रकार विवेक पोख्रेल युवा आधुनिक सामूहिक खेती फर्मको प्रथम कृषि सम्मान पुरस्कार– २०८० बाट सम्मानित भएका छन्। लामोसमय देखि  किसानमा समर्पित पत्रकारिता सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत २०औँ राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सवको अवसरमा सम्मान गरिएको हो। भरतपुर– २० मा नेपाल समाजवादी महासंघ, युवा आधुनिक सामूहिक किसान फर्म र साकम्भरी ताजा तरकारी कृषि सहकारी संस्थाले संयुक्त रूपमा आयोजित महोत्सवमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र युवा आधुनिक सामूहिक खेती फर्म...