सिमलढाप :  चितवनको इच्छाकामना ७ मा फोहोर मैला व्यवस्थापन तथा डेंगु रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार टोल विकास संस्थाका पदाधिकारीहरुलाई फोहोरमैला व्यवस्थापन तथा डेंगु रोग सम्बन्धि अभिमुखीकरण तालिम दिइएको हो ।
क्रियसन नेपाल र इको फेमिली प्रालिसँगको सहकार्यमा गाउँपालिकाले फोहोरमैला व्यवस्थापन तथा डेंगु रोग सम्बनधी सम्बन्धि सचेतना कार्यक्रम गरिएको हो । वडा नम्बर ७ का कार्यवाहक वडाध्यक्ष फुलमती गुरुङको सभापतित्व, गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष माया सिलवाल र प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषालको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटा र वन वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ई.कमल रावत लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा क्रियसन नेपाल र इको फेमिली प्रालिका प्रतिनिधहरुले फोहोर मैला व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएका थिए । साथै स्वास्थ्य शाखा प्रमुख हरि देवकोटा डेंगु रोगसम्बन्धी अभिमुखीकरण दिनुभएको थियो । सो अवसरमा आज वडा कार्यालय परिषर र वरपर सरसफाई समेत गरिएको छ ।
गाउँपालिकाले यस अघि वडा नम्बर ३, ४, ५ र ६ मा सो कार्यक्रम सम्पन्न गरिसकेको छ। भोली १ र २ नम्बर का टोलविकास संस्थाका पदाधिकारीहरुका लागि वडा नम्बर १ मा अभिमुखीकरण कार्यक्रम हुने इच्छाकामना स्वास्थ्य शाखा संयोजक देवकोटाले जानकारी दिनुभयो ।