कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयले वडाभित्र रहेका सार्वजनिक जग्गाको संरक्षण अभियान सुरु गरेका  छन् । अभियान अन्तरगत वडा नम्बर ४ कुरिनटार स्थित  बडहरे चौताराको आठ कठ्ठा जग्गाको संरक्षण गरिएको  वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
सार्वजनिक स्थानमा स्थानियले भौतिक संरचना निर्माण सुरु गरेपछि उक्त भौतिक संरचना हटाई संरक्षण गरिएको उहाँले  बताउनुभयो । वडाध्यक्ष उप्रेतीको  सक्रियतामा गाउँपालिका अध्यक्ष दानब हादुर गुरुङ स्थानिय, टोल विकास संस्थाका पदाधिकारी लगायतको उपस्थितिमा उक्त जग्गा  संरक्षण गरिएको हो ।
साथै वडाध्यक्ष उप्रेतीको सक्रियतामा विगत दश बर्षदेखि  सम्झौता अनुसार भाडा नतिरेका केबलकार चेरेस स्थित आधारभुत विद्यालय बकुल्लहरीको जग्गाको भाडा बुझाउन थालेका छन् । ।   प्रदेश सांसद कृष्णप्रसाद सिलवाल, गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, टोल विकास संस्थाका प्रतिनिधि विद्यालय व्यवस्थापन समितिसंगको छलफल पश्चात उनिहरुले भाडा तिर्न सहमती जनाएका छन् ।  उक्त विद्यालयको  जग्गामा २४ घरधुरी रहेका  छन् । उनिहरुले विगत १० बर्षदेखि भाडा तिर्न आनाकानी गर्दै आएका थिए ।  छलफल पश्चात उनिहरु भाडा तिर्न सहमत भएका  छन् भने केहीले  जग्गाको भाडा  समेत  बुझाउन सुरु गरेका  छन् ।
वडाध्यक्ष  रुद्र उप्रेतीले  अतिक्रमण भएका जग्गाहरुको तथ्याङ्क संकलन गरिने र बनेका संरचानाहरु हटाउन सुचना जारी गर्ने बताउनुभयो । सुचना जारी पश्चात संरचना नहटाए वडा कार्यालयले आफै हटाउने बताउनुभयो ।