काठमाडौं : १०० किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनिया नागरिक पक्राउ परेका छन्।
तिब्बतीयन एयरलाइन्सबाट चीन जान लागेका जेयुङ लिनलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
हिजो बुधबार हङकङबाट स्कुटरको ुब्रेक शुुको आवरणमा भित्राइएको करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।
सुन ओसारपसारमा संलग्न भएको आरोपमा भन्सार एजेन्टसहित ६ जना पक्राउ परिसकेका छन्। उनीसहित उक्त प्रकरणमा हालसम्म ७ जना पक्राउ परेका छन्।
यसअघि सुन तस्करी प्रकरणमा टयक्सीका चालक अशोक राना मगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दीलिप भूजेल, सहयोगीहरु हर्कराज राई, रामकुमार भूजेल र थुक्पिन छिरिङ पक्राउ परेका थिए।
इच्छाखबर संवाददाता












