काठमाडौं  :  नेपाल राष्ट्र बैंकले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल १५५ केजी पुगेको छ ।

राजस्व अनुसन्धान विभागले लगेको पोकासहितको सुन जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । तर त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुने आचार्यले बताए ।