पर्यटकीय गन्तव्य बन्दै मायाटार
मुग्लिन : चितवनको पहाडी भूगोलमा पर्ने इच्छाकामना गाउँपालिकामा थुप्रै पर्यकटीयस्थल छन् । भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यहाँका पर्यटकीयस्थल ओझेलमा पर्दै आएका छन् ।पछिल्लोे समय फिस्लिङ–शक्तिखोर सडक स्तरोन्नति भएसँगै इच्छाकामना गाउँपालिकाको माथिल्लो विकट भेगमा पनि पर्यटक बढ्न थालेको छ । वडा नं २ मायाटार गाउँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको स्थानीय बताउँछन् ।
शक्तिखोरबाट उपरदाङगढी हुँदै फिस्लिङ जोड्ने सडकको मध्यभागमा पर्ने मायाटार गाउँमा गुरुङ र चेपाङ ...









