कुरिनटार :   बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कटेलले प्रदेश  र स्थानिय सरकारबिच सहकार्य आवश्यक भएको बताउनुभएको छ ।आज चितवनको इच्छाकामना ४ कुरिनटारमा धादिङ चेली महिला सहयात्री संस्थाद्वारा आयोजित बृहत् तीज गीत प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कटेलले  विकास र समृद्धिका लागि  प्रदेश सरकार र स्थानीय सरकारबिच सहकार्य आवश्यक रहेको  बताउनुभएको हो ।
मुख्यमन्त्री जम्कटेलले भन्नुभयो,“नयाँ  नितिका साथ स्थानिय सरकार र प्रदेश सरकार विकास र समृद्धिमा संगसगैँ जोडिएर जानुपर्छ भन्ने उदेश्यका साथ केही नितिगत निर्णय छिट्टै गर्दैछौँ, अहिले हाम्रो सहकार्य त्याति राम्रो हुन  सकिरहेको छैन, आवश्यकता के हो भन्ने पहिचान पनि हुन सकेको छैन, त्यसैले आवश्यकता पहिचान गर्ने र एकआपसमा  भएको स्रोत साधनहरुलाई  परिचालन गर्न सहकार्य गर्न आवश्यक छ ।  ”
प्रदेश र स्थानिय सरकारको सहकार्यका लागि केही नितिहरु बनाउने तयारीमा रहेको  उहाँको भनाई छ । “ अब विकास गर्ने भनेको  प्रदेश र स्थानिय सरकार मिलेर हो, त्यसका  लागि हामीले केही निति बनाउँदैछौँ ड्राफ्ट  गर्दै छौँ, हाम्रो सहकार्यको निम्ति संविधान र स्थानिय सरकार सञ्चालन ऐन र प्रदेश सरकारले बनाएको कानुनहरुकोबिचमा तादम्यता हुने गरि विशेषत विकासका  काममा सहकार्य गर्ने गरि निति बनाउँदैँ छौँ । ”
प्रदेशका ११९  वटै पालिका प्रमुखहरुसंग  आगामी कात्तिकमा छलफल गर्ने  समयतालिका तया भएको बताउनुभयो ।आगमी बर्षको निति कार्यक्रम तथा बजेट स्थानिय सरकारले गुनासो गर्न  नपर्ने गरि आउने बताउनुभयो ।
साथै  मुख्यमन्त्री जम्कटेलले गृहीणी महिला कार्यक्रम  सुरुवात गर्न लागिएको  बताउनुभयो ।  उहाँले भन्नुभयो “गृहीणी महिला आमा दिदी बहिनीहरुको  जे सीप छ जे क्षमता छ  त्यो सीप र क्षमतालाई संरक्षण गर्ने , उहाँहरुलाई उत्साहित बनाउने  र उहाँहरुले उत्पादन गरेका समाग्रीहरु उचित मूल्यमा संकलन गर्ने तालिम  प्रदान गर्ने लगायतका कार्यक्रम गर्ने गरि  गृहीणी महिला कार्यक्रम अघि बढाएका छौँ त्यसका  लागि बजेट विनयोजन गरेका  छौँ कार्यविधि बनउँदै छौँ ”। स्थानिय पालिकाहरुसंग सहकार्य गर्ने गरि उक्त कार्यक्रम अघि बढाउने उहाँको भनाई छ ।
साथै मुख्मन्त्री जम्कटेलले इच्छाकामनामा अधुरा भएका विकासका कामहरुलाई पपुर्णता दिन आफु लागीपरिरहेको  बताउनुभयो ।  उहाँले विगतमा प्रदेशबाट बजेट परेर काम सुरु भइ अलपत्र परेका आयोजनाका कामहरुलाई पूर्णता  दिइने  प्रतिवद्धता व्यक्त गर्नुभयो ।  साथै उहाँले मुग्लिनदेखी इच्छाकामना  मन्दिरसम्म जोड्ने सडकको स्तरोन्नतीका लागि यहाँका  स्थानियहरुको माग प्रति आफु गम्भीर रहेको  बताउनुभयो ।  यसका  लागि प्रदेश सांसद  कृष्ण सिलवालसंग कुराकानी भइरहेको  बताउनुभयो ।