गण्डकी गाउँपालिका – गोर्खाको गण्डकी गाउँपालिकाले गण्डकी गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाइ राजनैतिक कार्यक्रममा सहभागिता नजनाउन साथै कुनैपनी राजनैतिक कार्यक्रम विद्यालय क्षेत्र भित्र नगर्न सुचना जारी गरेको छ। सामाजिक संजालमा गण्डकी गाउँपालिका वडा ७ स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयमा राजनैतिक पार्टीको झण्डा सहित सामुदायिक विद्यालयमा कार्यरत शिक्षक हरुको फोटो सार्वजनिक भएपछी सोमबार एक सुचना जारी गर्दै गाउँपालिकाले शिक्षा नियमावली २०५९ तथा आचारसंघीता र निजामती सेवा नियमावली २०५० ले कुनैपनी शिक्षक र कर्मचारी राजनैतिकपार्टीको कार्यक्रममा सहभागी हुन नपाउने र सहभागी भए विभागिय कार्वाही समेत हुने कुरा अबगत गराएको छ। साथै सुचनामा विद्यालयमा हुने राजनैतिक गरिबिधिले शैक्षिक गुणस्तरमा प्रभाव पर्ने हुदा सम्पूर्णलाई गम्भीर भैदिन आग्रह समेत गरेको छ।
इच्छाखबर संवाददाता












