कुरिनटार-गोर्खाको गण्डकी गाउँपालिका वडा नम्बर १ र चितवनको इच्छाकामना गाउँपालिका ३ मा पर्ने त्रीशुली नदिमा निर्माण सुरु गरिएको सुपर त्रीशुली हाइड्रोपावरबाट प्रवाहित हुनेहरुलाई नसमेटी सरोकार समिती गठन भएको भन्दै बिरोध भएको छ। एकसय वाट क्षमताको हाइड्रोपावर निर्माणको क्रममा आयोजना बाट प्रवाहित हुने क्षेत्रको विभिन्न सरोकारका बिषय उठ्ठानकोलागि सरोकार समिती निर्माण गरिने भएपनी गण्डकी गाउँपालिका २ गोर्दी र साखर क्षेत्रलाइ अबमुल्यन गर्दै सरोकार समितिमा नसमेटिएको भन्दै गोर्दीका स्थानीय हरुले आज हाइड्रोपावर निर्माण स्थलमै रहेको निर्माण कम्पनिको कार्यलयमा बिरोध प्रदर्सन गरेका हुन। बिरोध प्रदर्सन सङै उनिहरुले हाइड्रोपावरलाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरेका छन। इच्छाकामना गाउँपलिकामा पनि केहि दिन अगाडि स्थानिय र हाइड्रोपावर निर्माणस्थल सङ जग्गा जोडिएको जग्गाधनी समेतलाइ थाहानै नदिकन सरोकार समिती गठन भएको भन्दै बिरोध भैरहेको छ।