कुरिनटार : सुपर त्रिशुली हाइड्रडो पावर सरोकार समिति गठन गरिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुको भेलाले चन्द्रमणी सापकोटाको अध्यक्षतामा सरोकार समिति गठन गरिएको हो । भेलाले सरोकार समितिको उपाध्यक्षमा कञ्चन गुरुङ ,सचिवमा लक्ष्मण श्रेष्ठ, सह–सचिवमा गोमा घिमिरे, कोषाध्यक्षमा माधव प्रसाद पोखरेलाई चयन गरेका छन् ।
सदस्यहरुमा कमल ठकुरी, ईश्वर पोखरेल,नारायण श्रेष्ठ,उत्तम गुरुङ, प्रकाश पोखरेल, कर्ण बहादुर गुरुङ, लालमती गुरुङ र पशुपति बुढाथोकी रहेका छन् ।
सरोकार समितिले आयोजनाबाट स्थानीय बस्तीहरुमा पर्न सक्ने असर, स्थानीयबासीले पाउनुपर्ने हकअधिकारका बारेमा आवाज उठाउनुका साथै आयोजना सञ्चालनका लागि सहजीकरण गर्ने सरोकार समितिका अध्यक्ष चन्द्रमणी सापकोटाले बताउनुभयो । प्रभावित क्षेत्रका स्थानीयहरुले पाउने अधिकारहरु सीप अनुसार रोजगार,स्थानीयलाई शेयर पाउनुपर्ने लगायतका विषयहरुमा आवाज उठाउने छन् । साथै आयोजना निर्माणको क्रममा बस्तीहरुमा पर्ने असर र क्षतीपुर्तीका विषयलाई उठाउने र समस्याहरुको हल गरि आयोजनालाई सफल रुपमा निर्माण सम्पन्न गर्न सहजता प्रदान गरिने उहाँको भनाई छ ।
भेलाले सल्लाहकार समित पनि गठन गरेका छन् । सल्लाहकार समितिको संयोजकमा गोवर्धन अधिकारी,सदस्यहरुमा माधव घिमिरे,एकराज शर्मा,दीपक खनाल,विष्णु सापकोटा, प्रकाश अधिकारी राजकुमार गुरुङ,राम बहादुर गुरुङ र मिन बहादुर श्रेष्ठ रहेका छन् । गोरखाको गण्डकी गाउँपालिका १ बुटार र चितवनको इच्छाकामना ३ चुम्लिङटारमा १०० मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण भइरहेको छ ।
इच्छाखबर संवाददाता












