Banner News

इच्छाकामना महोत्सव : आज कमला घिमिरेसहितका कलाकारहरुको प्रस्तुती रहने

इच्छाकामना महोत्सव :  आज कमला घिमिरेसहितका कलाकारहरुको प्रस्तुती रहने
कुरिनटार :  दोश्रो इच्छाकामना महोत्सव २०८० मा आज बाल गायिका कमला घिमिरेको प्रस्तुती रहने भएको छ । घिमिरेसहित निश्चल थापा मगर,सरिता गुरुङ, बेलि डान्सर बन्दना विश्वकर्मा र डान्सर गुड्डी तामाङ लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को कार्यालय र इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा सामुदायिक रेडियो इच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा महोत्सव भइरहेको छ । भदौ २७ गतेबाट सुरु भएको महोत्सव असोज ७ गते सम्म चल्नेछ । महो...

रास्वपाका सभापति लामिछानेद्वारा इच्छाकामना महोत्सवको अवलोकन

रास्वपाका सभापति लामिछानेद्वारा इच्छाकामना महोत्सवको अवलोकन
कुरिनटार :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले  इच्छाकामना महोत्सवको अवलोकन गर्नुभएको छ । आज महोत्सवको तेश्रो दिन पार्टीका नेता तथा संघिय सांसद डा.स्वर्णिम वाग्लेसहितका नेताहरुको साथमा आउनुभएका सभापति लामिछानेले दोश्रो इच्छाकामना महोत्सव २०८०को अवलोकन गर्नुभएको हो । इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष तथा महोत्सवका संयोजक कल्याण गुभाजुले खादा लागाएर स्वागत गर्नुभएको थियो । महोत्सव अवलोकन पश्चात सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर २ का सांस...

कुशे औशी : मेरो हरेक चुनौतीहरूको आशा  बुबा 

कुशे औशी : मेरो हरेक चुनौतीहरूको आशा  बुबा 
तिमी को हौ भनुं म कसरी? हौसला दिन्छौ लड्न तागत भरी, एक अपरिभाषित परिभाषा मेरो हरेक चुनौतीहरूको आशा जन्मिए, हुर्कदै बढे तिम्रै वरिपरी सुस्केराहरूमा पनि सम्झन्छु मुस्कान झलझली, कहिल्यै देखिन तिमीमा उदासी मुस्किलहरूले लिएकी बिदा देखेर साहसी ? खै के थियो ऊर्जा तिमी भित्र, धपधप जलेर’नी पोलेनकी तिमीलाई? कस्तो अनौठो तिमी अनि कति विचित्र ?? समय अलि बदलियो, त्यो संगै दुरीपनि अझै उस्तै सम्झिरहन्छु, उस्तै नजिक मनभरी, होला, हुंदैन अलि दिन कुरा दिनचर्याले होला, दौडधुप चल...

इच्छाकामना महोत्सव : दोश्रो दिन आज जेरी र चन्द्र परियारबिचको दोहोरी मुख्य आकर्षण

इच्छाकामना महोत्सव :  दोश्रो दिन आज  जेरी र  चन्द्र परियारबिचको दोहोरी मुख्य आकर्षण
 कुरिनटार ः  चर्चित लोक दोहोरी  गायिका बबिता बानियाँ ‘जेरी’ आज   कुरिनटार आउने भएकी छन्  । दोश्रो इच्छाकामना महोत्सव २०८० दोश्रो दिन  प्रस्तुती दिन गायिका बानियाँ  कुरिनटार आउने भएकी  हुन् । साथै महोत्सवमा  आज  चर्चित  गायक चन्द्र परियार, बेली डान्सर  बन्दना विश्वकर्मा, डान्सर तथा  मोडल गुड्डी तामाङ र स्थानिय कलाकारहरुको प्रस्तुती  रहने आयोजकले जनाएको छ ।  आज  बबिता बानियाँ  जेरी र चन्द्र परियारबिचको दोहोरी  हुने आयोजकले जनाएको छ ।

चर्चित गाियका बबिता बानियाँ ‘जेरी’ भोली कुरिनटार आउने

चर्चित गाियका   बबिता बानियाँ ‘जेरी’ भोली कुरिनटार आउने
 कुरिनटार :   चर्चित लोक दोहोरी  गायिका बबिता बानियाँ ‘जेरी’ भोली बिहिबार  कुरिनटार आउने भएकी छन्  । दोश्रो इच्छाकामना महोत्सव २०८० दोश्रो दिन  प्रस्तुती दिन गायिका बानियाँ  कुरिनटार आउने भएकी  हुन् । साथै महोत्सवमा  भोली चर्चित  गायक चन्द्र परियार, बेली डान्सर  बन्दना विश्वकर्मा, डान्सर तथा  मोडल गुड्डी तामाङ र स्थानिय कलाकारहरुको प्रस्तुती  रहने आयोजकले जनाएको छ ।

दोश्रो इच्छाकामना महोत्सव आजदेखि सुरु हुदैँ

दोश्रो इच्छाकामना महोत्सव आजदेखि सुरु हुदैँ
कुरिनटार :   दोश्रो  इच्छाकामना महोत्सव २०८० आजदेखि सुरु हुदैँ छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको  आयोजकले जनाएको छ ।  महोत्सवका संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेतीले महोत्सवको सम्पूर्ण तयारी पुरा  भएको बताउनुभयो । महोत्सवको  वागमती प्रदेश  सभास सदस्य कृष्ण सिलवालले उद्घाटन गर्ने कार्यक्रम तय भएको उहाँले   जानकारी दिनुभयो । चितवनको इच्छाकामना ४ कुरिनटारमा भदौ २७ गतेदेखी असोज ७ गते सम्म महोत्सव हुने भएको हो ।आर्थिक गतिविधिको चलायमान गर्न  तथा  स्थानिय...

इच्छाकामना महोत्सवको मुख्य प्रायोजक मनकामना दर्शन प्रा.लि

इच्छाकामना महोत्सवको मुख्य प्रायोजक मनकामना दर्शन प्रा.लि
कुरिनटार ः दोश्रो  इच्छाकामना महोत्सव २०८०को तयारी पुरा  भएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सवका संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेतीले जानकारी दिनुभयो । चितवनको इच्छाकामना ४ कुरिनटारमा भदौ २७ गतेदेखी असोज ७ गते सम्म महोत्सव हुने भएको हो ।आर्थिक गतिविधिको चलायमान गर्न  तथा  स्थानिय उत्पादन  र पर्यटन प्रवर्धनका लागि इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को कार्यालय कुरिनटार र इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा इच्छाकामना एफएम कुरिन...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध
मुग्लिन, २६ भदौ । पहिरोका कारण नारायणगढ –मुग्लिन सडक अवरुद्ध बनेको छ ।इलाका प्रहरी कार्यालय मुग्लिनका अनुासार इच्छाकामना गाउँपालिका ६ स्थित टोपे खोलामा आज बिहान ६ः४५ बजेको समयमा सुख्खा पहिरोको खस्दा नारायणगढ–मुग्लिन सडक दुइतर्फी  अवरुद्ध बनेको हो । पहिरो पन्छाउन लोडर र एक्साभेटर तयारी अवस्थामा रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख  प्रहरी निरिक्षक  बिशाल तामाङले जानकारी दिनुभयो । अहिले पहिरो पन्छाउने तयारी भइरहेपनि  ढुंगा खस्ने क्रम नरोकिएकाले पहिरो पञ्छाउन सुरु गर्न...

हृदयघातबाट एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

हृदयघातबाट एमालेका उपाध्यक्ष  सुवासचन्द्र नेम्बाङको निधन
काठमाडौँ  :  नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको निधन भएको छ । संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख समेत रहेका नेम्बाङको काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको हो । उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमा छ । उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम२ ...

सुपर त्रिसुलि हाइड्रोपावरको सरोकार समिती निर्माणमा विमती जनाउदै स्थानियद्वारा प्रदर्शन ।

सुपर त्रिसुलि हाइड्रोपावरको सरोकार समिती निर्माणमा विमती जनाउदै स्थानियद्वारा प्रदर्शन  ।
कुरिनटार-गोर्खाको गण्डकी गाउँपालिका वडा नम्बर १ र चितवनको इच्छाकामना गाउँपालिका ३ मा पर्ने त्रीशुली नदिमा निर्माण सुरु गरिएको सुपर त्रीशुली हाइड्रोपावरबाट प्रवाहित हुनेहरुलाई नसमेटी सरोकार समिती गठन भएको भन्दै बिरोध भएको छ।                                                                                                      एकसय वाट क्षमताको हाइड्रोपावर निर्माणको क्रममा आयोजना बाट प्रवाहित हुने क्षेत्रको विभिन्न सरोकारका बिषय उठ्ठानकोलागि सरोकार समिती निर्माण गरिने भएपनी गण्डक...