कुरिनटार :  दोश्रो इच्छाकामना महोत्सव २०८० मा आज बाल गायिका कमला घिमिरेको प्रस्तुती रहने भएको छ । घिमिरेसहित निश्चल थापा मगर,सरिता गुरुङ, बेलि डान्सर बन्दना विश्वकर्मा र डान्सर गुड्डी तामाङ लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को कार्यालय र इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा सामुदायिक रेडियो इच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा महोत्सव भइरहेको छ । भदौ २७ गतेबाट सुरु भएको महोत्सव असोज ७ गते सम्म चल्नेछ । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानिय चर्चित कलाकाहरुको प्रस्तुती रहदैँ आएको छ ।