कुरिनटार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इच्छाकामना महोत्सवको अवलोकन गर्नुभएको छ । आज महोत्सवको तेश्रो दिन पार्टीका नेता तथा संघिय सांसद डा.स्वर्णिम वाग्लेसहितका नेताहरुको साथमा आउनुभएका सभापति लामिछानेले दोश्रो इच्छाकामना महोत्सव २०८०को अवलोकन गर्नुभएको हो । इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष तथा महोत्सवका संयोजक कल्याण गुभाजुले खादा लागाएर स्वागत गर्नुभएको थियो ।
महोत्सव अवलोकन पश्चात सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर २ का सांसद समेत रहनुभएका सभापति लामिछानेले महोत्सवले इच्छाकामनालाई चिनाउन थप भुमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो । सभपाति लामिछानेले भन्नुभयो,“यो महोत्सव हेर्दै यति आकर्षक धेरै मनमोहक छ, यति हरियालीकाबिचमा यस्तो महोत्सव जहाँ सांस्कृतिक प्रश्तुतीहरु छन्,स्थानिय विभिन्न व्यापार प्रवद्र्धनका सामाग्रीहरु छन्,आपसी मित्रता र भाइचारा छ, सांस्कृतिक कार्यक्रम लगायत विभिन्न झाँकीहरु पनि छन् भन्ने मैले विश्वास गरेको छु,कलाकारहरुको विशिष्ट प्रश्तुतीहरु रहेको छ, साच्चिकै उदाहरणीय कार्यक्रम हो भन्ने लाग्दछ, इच्छाकामनालाई चिनाउन यस महोत्सवले थप महत्वपूर्ण भुमिका खेल्नेछ ।”
सभापति लामिछानेले यस महोत्सवले राजनितिकरण भन्दा पनि सांस्कृतिक उचाई प्राप्त गर्न सकोस भनि सफलताको शुभकामना दिनुभयो । उहाँले भन्नुभयो,“आफु यसै क्षेत्रको रहेको र आफ्नै क्षेत्रमा यस्तो सुन्दर दृष्य देख्दा खेरी साच्चिकै मन नै रोमाञ्चक हुँदो रहेछ । यसले राजनितिक करण भन्दा पनि सांस्कृतिक उचाई प्राप्त गर्न सकोस र महोत्सवको सफलता कामना गर्दछु । ”
यस पटकको महोत्सवमो कुनै पनि सहयोग गर्न नपाएकोमा आफु दुखीरहेको बताउदैँ सभपाति लापमिछाने आगामी बर्षमा हुने कार्यक्रममा आफु र आफ्नो सचिवालय र साथीहरुबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभययो । आफुले यस्ता पवित्र कार्यक्रममा थप एउटा इट्टा थप्ने अवसर मिल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
आज तेश्रो दिन चर्चित लोक दोहोरी गायिका लगायत स्थानिय कलाकाहरुको प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थिए । आजको कार्यक्रम महोत्सवका संयोजक तथा नम्बर ४ को वडाध्यक्ष रुद्र उप्रतीको सभापतित्वमा सम्पन्न भएको हो ।
इच्छाखबर संवाददाता












