मुग्लिन, २६ भदौ । पहिरोका कारण नारायणगढ –मुग्लिन सडक अवरुद्ध बनेको छ ।इलाका प्रहरी कार्यालय मुग्लिनका अनुासार इच्छाकामना गाउँपालिका ६ स्थित टोपे खोलामा आज बिहान ६ः४५ बजेको समयमा सुख्खा पहिरोको खस्दा नारायणगढ–मुग्लिन सडक दुइतर्फी  अवरुद्ध बनेको हो ।
पहिरो पन्छाउन लोडर र एक्साभेटर तयारी अवस्थामा रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख  प्रहरी निरिक्षक  बिशाल तामाङले जानकारी दिनुभयो ।
अहिले पहिरो पन्छाउने तयारी भइरहेपनि  ढुंगा खस्ने क्रम नरोकिएकाले पहिरो पञ्छाउन सुरु गर्न नसकिएको उहाँले बताउनुभयो ।