Banner News

भरतपुरमा बिरुवा उखालेर फाल्दा प्रहरीको फन्दामा

भरतपुरमा बिरुवा उखालेर फाल्दा  प्रहरीको फन्दामा
चितवन : भरतपुर महानगरपालिकामा बिरुवा उखाल्ने महिला सोमबार पक्राउ परेकी छिन् । भरतपुर –३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। सिसीटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखलेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको उनले बताए । उनले घर अगाडि रुख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट ...

भारतद्वारा नेपाललाई २ सय ३ रनको चुनौति

भारतद्वारा नेपाललाई २ सय ३ रनको चुनौति
काठमाडौं  :  भारतले नेपाललाई २ सय ३ रनको चुनौति दिएको छ।चीनको झेजिङ युनिर्भसिटीको मैदानमा भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। भारतले चार विकेट गुमाएर २ सय २ रन बनायो। ओपनर यजस्वी जैसवालले शतक पूरा गरे। जैशवाललाई दिपेन्द्र सिंह ऐरीले पेभिलयन फर्काए। आक्रामक ब्याटिङ गर्दै जैसलावले ४८ बलमा शतक पूरा गरेका थिए।भारतका कप्तान रुतुराज गायकवाड २५ रन बनाएर आउट भने रिंकु सिंहले ३७ रन बनाएर नआउट रहँदा शिभम दुवे २५ रनमा अविजित रहे। नेपालका ...

आंबुखैरेनिमा रोलरबाट तेलचोरी गर्ने दुईजना पक्राउ।

आंबुखैरेनिमा रोलरबाट तेलचोरी गर्ने दुईजना पक्राउ।
तनहुँकाे आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा पार्किङ गरी राखिएको रोडरोलरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । चाइना कम्युनिकेशन कन्ट्रक्सन प्रालिको ओडरोलरबाट डिजेल चोरी गरेको अभियोगमा प्रहरीले बिहीवार हिजाे दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–५ याम्पा बस्ने २७ वर्षीय सुलोचन भट्टराई र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० बस्ने २८ वर्षीय रामबहादुर चमार रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक खाणले जानकारी दिनुभयो । उनीहरु...

अखाद्य प्रदुसित खाना बेच्ने चुम्लिङटारको एभरेष्ट होटलमा सिल

अखाद्य प्रदुसित खाना बेच्ने चुम्लिङटारको एभरेष्ट होटलमा सिल
इच्छाकामना गाउँपालिकामा सन्चालित एक ब्यस्त होटलमा सिलबन्दी गरिएको छ ।   चाडपर्वको बेला मुख्यराजमार्गको होटलहरुमा अखाद्यपदार्थको प्रयोग र अस्वस्थ खानेकुरा खुवाएको तिब्र रिपोर्ट आएपछि खाद्य गुण नियन्त्रण बिभागको टोलिले चितवनको इच्छाकामना गाउँपालिका ३ मा सन्चालित एभरेष्ट होटलमा छापामार्दा खानेकुरा राम्रोसंग भणडार नगरेको , बासी खाने कुराहरु बेच्नकोलागि राखेको , काम नगर्ने बिग्रेको फ्रीजमा बेच्नको लागि खानेकुरा राखेको, खाना पकाउने भान्सा मापदण्ड अनुसार नभएको, भान्सा को सरसफाइ राम्...

आज संविधान दिवस,विविध कार्यक्रम गरि मनाइँदै

आज संविधान दिवस,विविध कार्यक्रम गरि मनाइँदै
काठमाडौं  :  आज असोज ३ अर्थात् संविधान दिवस।०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर  देशभर संविधान दिवस मनाइँदैछ। संविधान जारी भएको ८ वर्ष पुग्दा पनि यसको सफल कार्यान्वयन हुन सकेको छैन्। आठ वर्षमा केन्द्रमा मात्रै ८ वटा सरकार फेरिँदा पनि संविधान मास्ने खतरा अहिले दलहरुबाटै हुँदै आएको छ। यो आठ वर्षमा प्रदेश सरकारले अझै अधिकार पाउन सकेका छैनन्। केन्द्रीय मानसिकताले प्रदेश अधिकारविहीन भएको छ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मध...

आज सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाइँदै

आज सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाइँदै
काठमाडौं  :  आज ऋषि पञ्चमी। नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। हरितालिका तीजको व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ...

नौबिसे–मलेखु सडक आसोज ४ गतेदेखि राति चार घण्टा बन्द हुने

नौबिसे–मलेखु सडक आसोज ४ गतेदेखि राति चार घण्टा बन्द हुने
कुरिनटार  :  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ। सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो। नागढुंगा–मुग्लिन सडक आयोजना (पूर्वीखण्ड) धादिङका अनुसार असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घण्टा सवारी आवागमन रोकेर काम गर्न लागिएको हो ।उक्त अवधीभर काठमाडौँबाट बाहिरिने सवारी साधनहरुलाई धादिङको थाक्रे गाउँपालिका १ एक्लेफाट र काठमाडौँ ...

आज विश्वकर्मा पूजा‚ वास्तु दिवस

आज विश्वकर्मा पूजा‚ वास्तु दिवस
काठमाडौं :  प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ। आज पूज...

आज हरितालिका तीज, श्रीमानको दीर्घायुका लागि व्रत बस्ने दिन

आज हरितालिका तीज, श्रीमानको दीर्घायुका लागि व्रत बस्ने दिन
काठमाडौं :  आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज। हिन्दु नारीहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि व्रत बसेर मनाउँदै छन्। पार्वतीले भगवान शिव पतिका रुपमा पाऊँ भनेर गरेको ब्रतलाई नै हरितालिका तीजका भनिएको हिन्दु धर्ममा उल्लेख गरिएको छ। आफ्ना पिताले आफ्नो विवाह भगवान विष्णुसँग गरिदिन लागेको थाहा पाएपछि चिन्तित भएकी पार्वतीलाई उनका साथीहरूले पार्वतीलाई हर...

धारिलो हतियार प्रहार गरि चारजनाको हत्या

धारिलो हतियार प्रहार गरि चारजनाको हत्या
काठमाडौं  :  काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको छ। धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शुक्रबार मध्यराति दुई पुरुष र दुई महिलाको शव भेटिएको हो। दिव्य सः मिल भित्र शुक्रबार राति ११स्५५ बजे चारजनाको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। हत्या गरिएकमध्ये तीनजना एकै परिवारका हुन्। दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ अम्बिका भुजेल र कुमारकी आमा करिब ७६ वर्षीया सुमित्रा भुजेल ...