कुरिनटार : चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ भोली बिहिबार कुरिनटार आउने भएकी छन् । दोश्रो इच्छाकामना महोत्सव २०८० दोश्रो दिन प्रस्तुती दिन गायिका बानियाँ कुरिनटार आउने भएकी हुन् ।
साथै महोत्सवमा भोली चर्चित गायक चन्द्र परियार, बेली डान्सर बन्दना विश्वकर्मा, डान्सर तथा मोडल गुड्डी तामाङ र स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
इच्छाखबर संवाददाता












