आँबुखैरेनीको घुमाउनेदेखि दमौली निस्कने बुद्धसिंह मार्गको १० किमी खण्डमा कालोपत्र हुने
तनहुँ पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको दश किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोड्ने सो मार्ग अन्तर्गत दमौलीदेखि कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको हो ।
दमौलीदेखि सुडेसम्मको उक्त खण्ड कालोपत्रका लागि निर्माण सम्झौता भएको एक वर्षपछि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जा...









