कुरिनटार : मनकामना केवलकारको सेवा आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । नियमित मर्मत सम्भारका लागि आसोज १७ र १८ गते दुई दिन बन्द गरिएको मनकामना केवलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको हो ।
प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जान सहजताका लागि सञ्चालनमा रहेको मनकामना केवलकार नेपालको पहिलो केवलकार हो ।
इच्छाखबर संवाददाता












