Banner News

ईच्छाकामनाकी मृगौला पिडित मित्र कुमारी गुरुङ्गलाई आर्थिक सहयोग

ईच्छाकामनाकी मृगौला पिडित मित्र कुमारी गुरुङ्गलाई आर्थिक सहयोग
चितवन :  चितवनको ईच्छाकामना ३ की मृगौला पिडित बिरामीलाई आर्थिक सहयोग गरिएको छ । मृगौलामा समस्या देखिएपछि सहयोगको याचना गरेकी ईच्छाकामना ३ की मित्र कुमारी गुरुङ्ग लाई सहयोग हस्तान्तरण गरिएको हो । ईच्छाकामना गाउँपालिकाकी निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङ्गको पहलमा प्रबासी मुलुक अमेरीकाबाट सहयोग रकम प्राप्त भएको हो । पिडितको सहयोगका लागी ६२ हजार पाँच सय १६ रुपैँया सहयोग रकम मकाउ जनसम्पर्क समितिका सस्थापक अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य (हाल) अमेरिकाबाट अम्बिर...

मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु

मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु
जलेश्वर :    मिथिलाञ्चल जितिया पर्व शुरु भएको छ। पुत्रप्राप्ति सन्तानको दीर्घ जीवनतथा पारिवारिक सुखशान्तिको कामना गर्दै  जितिया पर्व मनाउन लागिएको हो। जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै शुरु भएको हो। व्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रूपमा चढाइ आफू पनि खाने र परिवारका स...

आजदेखि मौसममा सुधार, केही स्थानमा क्षणिक वर्षाको सम्भावना

आजदेखि मौसममा सुधार, केही स्थानमा  क्षणिक वर्षाको सम्भावना
काठमाडौं :  मौसममा क्रमिक सुधार आएको छ। मौसममा क्रमिक सुधार आएसँगै बिहीबार बिहानै घाम लागेको छ। लगातार पानी नपरे पनि हल्कादेखि क्षणिक वर्षाको सम्भावना केहीदिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  मौसमविद् गोविन्द झा कतै पनि भारी वर्षाको सम्भावना नरहेको बताए। झाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए। उनका अनुसार बाँकी भूभागमा सामान्यतया आज मौसम सफा रहनेछ। काठमाडौं उपत्यकामा आज दि...

धादिङको मलेखुमा ट्रकको ठक्करबाट दुई विद्यार्थीको ज्यान गयो

धादिङको मलेखुमा ट्रकको ठक्करबाट  दुई  विद्यार्थीको  ज्यान गयो
धादिङ  :   पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी  गाउँपालिका वडा नम्बर २ मलेखु  स्थित मजुवामा  बुधवार बिहान  ट्रकले ठक्कर दिँदा दुई  जना विद्यार्थीको ज्यान गएको छ । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै  गरेको  प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले सडकछेउमा ठक्कर दिँदा दुई जना विद्यार्थीको घटनास्थलमै  ज्यान गएको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । मृत्यु हुनेमा  वागेश्वरी मावि मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै ...

नारायणगढ– मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ– मुग्लिन सडक दुइतर्फी  सञ्चालन
मुग्लिन  : नारायणगढ– मुग्लिन सडक दुइतर्फी   सञ्चालनमा आएको छ ।  सडक डिभिजन कार्यालय भरतपुरका अनुसार  चितवनको इच्छाकामना ६ नाम्सीखोला पुल  नजिकै  बुधबार विहान ६:३० बजे  पहिरो खस्दा  सडक एकतर्फी मात्र  सञ्चालनमा रहेका  थिए । पहिरो पञ्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको  सडक डिभिजन कार्यालय भरतपुरका सुपरभाइजर इश्वर क्षेत्रीले जानकारी दिनुभयो ।

नियमित मर्मत सम्भारका लागि मनकामना केवलकार आज र भोली बन्द हुने

नियमित मर्मत सम्भारका लागि मनकामना केवलकार आज र भोली बन्द हुने
कुरिनटार : मनकामना केवलकारको सेवा दुई दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि आज र भोली दुई दिन सेवा बन्द हुने भएको हो । असोज १९ गतेबाट भने नियमित रुपमा सेवा सुचारु हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक निर्देशक उज्वल शेरचनले जानकारी दिनुभयो ।केवलकार बन्द रहेपनि सो अवधिमा चितवनको इच्छाकामना ४ चेरेसस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्टे सेवा भने सञ्चालनमा उहाँले बताउनुभयो । प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जान सहजताका लागि सञ्चालनमा रहेको मनकामना केवलकार नेप...

आज यी पाँच प्रदेशमा हल्कादेखि अधिक वर्षाको सम्भावना

आज यी पाँच प्रदेशमा हल्कादेखि अधिक वर्षाको सम्भावना
काठमाडौं  :  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बुधबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। यी पाँच प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। राति कोशी, मधेश र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारतसँग पराजित हुँदै एसियाड क्रिकेटबाट बाहिरियो नेपाल

भारतसँग पराजित हुँदै एसियाड क्रिकेटबाट बाहिरियो नेपाल
काठमाडौं  : १९औं एसियाली खेलकुद अन्तरगत नेपाल पुरुष क्रिकेटको क्वारटरफाइनलबाटै बाहिरिएको छ। ​यसस्वी जैसवालको शतकप्रेरित भारतले चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत् पुरुष क्रिकेटमा नेपाललाई २३ रनले पराजित गरेको हो। झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रनको योगफल तयार पारेको थियो। भारतका लागि यसस्वीले ४९ बलमा ८ चौका र ७ छक्काको मद्दतमा १ सय रन बनाए। यसैगरी रिंकु सिंहले अविजित ३७,...

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला
चितवन : चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले आजदेखि सौराहा क्षेत्रमा जीप सवारी खुला गरिएको र क्रमशः भत्किएका सडक मर्मत गरेर अन्य स्थानबाट पनि खुला गरिने जानकारी दिए। निकुञ्जभित्रको सडक मर्मतसँगै कसरा, मेघौली, अमलटारी, कुजौली र माडीबाट प्रवेश गर्ने जीपका लागि अनुमति दिइने उनले बताए। गत साल कसराबाट १६, मेघोलीबाट नौ, अमलटारीबाट पाँच, क...

सुरक्षित रहेर चाडपर्व मनाउन जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोध

सुरक्षित रहेर चाडपर्व मनाउन जिल्ला प्रहरी कार्यालय चितवनको  अनुरोध
चितवन  ः  जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षित रहेर चाडपर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्व लक्षित सूचनामार्फत सभ्यपूर्वक सुरक्षित रहेर विजया दशमी, तिहार र छठ जस्ता पर्व मनाउन आग्रह गरेको हो । प्रहरीले घर तथा कोठा छोडेर अन्यत्र जानुपर्दा घरको झ्याल–ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई खबर गरी जान, आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरूको स्पष्ट नाम, थर, वतन, परिचय खुल्ने कागजात, फोटोसहितको अभिलेख राख्न, बह...