काठमाडौँ  :  एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत करातेमा नेपालको एक पदक पक्का भएको छ।कराते खेलाडी एरिका गुरुङ ६८ केजी तौल समूहमा फाइनलमा पुगेकी छन्। सेमिफाइनलमा हङकङकी काइ यान होलाई पराजित गर्दै गुरुङ फाइनलमा पुगेकी हुन्।

उनले हङकङकी खेलाडीलाई ८-४ अंकले पराजित गरेकी हुन्। यसअघि उनले क्वार्टरफाइनलमा जापानी खेलाडी युजुकी सवाईलाई पराजित गरेकी थिइन्।

गुरुङको यो जितसँगै रजत पदक पक्का भएको छ। यसअघि महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो।

अब स्वर्ण पदका लागि गुरुङको फाइनल प्रतिस्पर्धा काजखस्ताकी खेलाडी सोफ्या बेरुलत्सेभासँग हुनेछ।