Banner News

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
विराटनगर  : कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद आज बिहान परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि मुख्यमन्त्रीमा कार्कीको बाटो खुलेको थियो। बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका...

गोरखाको गण्डकी गाउँपालिकामा अध्यक्षकप फुटवल प्रतियोगीता सुरु

गोरखाको गण्डकी गाउँपालिकामा अध्यक्षकप फुटवल प्रतियोगीता सुरु
गोरखा  :  गण्डकी गाउँपालिकामा आजदेखि प्रथम अध्यक्षकप फुटवल प्रतियोगीता ‘२०८०’ सुरु भएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको प्रतियोगीता दुई दिनसम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिनुभयो । पालिका भित्र खेलकुद क्षेत्रका विकास गर्दै खेलाडीहरु उत्पादनमा सहयोग पु¥याउने उद्देस्य सहित प्रतियोगीताको आयोजना गरिएको उहाँले बताउनुभयो । प्रतियोगीतामा पालिका भित्र रहेका माध्यामिक विद्यालयहरुबाट फुटवल टिमको सहभागीता रहेको छ । वड...

मनकामनालाई विश्व सम्पदास्थल बनाउन आग्रह

मनकामनालाई विश्व सम्पदास्थल बनाउन आग्रह
मनकामना :  प्रसिद्ध धार्मिकस्थलको रुपमा चिनिएको गोरखाको मनकामना मन्दिरलाई विश्व सम्पदा स्थलका रुपमा विकास गर्न स्थानीयवासीले आग्रह गरेका छन् । मनकामना मन्दिरको सरसफाइ कार्यक्रममा सहभागी हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग स्थानीयवासीले मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नका लागि पहल गर्न माग गरेका हुन् । मनकामना मन्दिरको समग्र विकास, व्यवस्थापन र संरक्षणलगायतका विषयमा मन्त्री किरातीसँग स्थानीयवासीले चासो व्यक्त गरेका थिए । सो अवसरमा ...

माझ गाउँ माविका विद्यार्थीहरुलाई बेकारबाट आविस्कार तालिम

माझ गाउँ माविका विद्यार्थीहरुलाई बेकारबाट आविस्कार तालिम
माझ गाउँ :  चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ को माझ गाउँ माविका विद्यार्थीहरुलाई बेकारबाट आविस्कार तालिम प्रदान गरेको छ । वडा नम्बर ३ को आर्थिक सहयोग, सरसफाई अभियान्ता श्रीरेन्द्र प्रकाश पोखरेलको प्राविधिक सहयोग तथा माझगाउँ माविको आयोजनामा स्थानीय पाठ्यक्रममा आधारित फोहोर व्यवस्थापन सम्बन्धि “बेकारबाट आविस्कार” भन्ने आदर्श वाक्यसहित ३ दिने तालिम सम्पन्न भएको हो । सरसफाई र फोहोर व्यवस्थापन एक निरन्तर प्रक्रिया रहेकोले जसले फोहोर गर्छ उसैले व्यवस्थापन गर्ने हो भने सुन...

बागमतीका स्वास्थ्य मन्त्री जोशी प्रदेशभरि उत्कृष्ट, प्रधानमन्त्री प्रचण्डबाट सम्मानित

बागमतीका स्वास्थ्य मन्त्री जोशी प्रदेशभरि उत्कृष्ट, प्रधानमन्त्री प्रचण्डबाट सम्मानित
चितवन :  बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी प्रदेशभरका उत्कृष्ट मन्त्रीको रूपमा सम्मानित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै मन्त्री जोशीलाई सम्मान गरिएको हो । जोशीलाई मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस एवं सेतो कोट दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मान गरेका हुन् । मन्त्री जोशी गत जेठ ७ गते बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा नियुक्त भएका थिए । मन्त्री जोशीले आफ्नो कार्यकालमा प्रादेशिक अस्पतालहरुमा विपन्नलाई...

मुग्लिनको होटल बास बसेका एक पुरुष मृत भेटिए

मुग्लिनको होटल बास बसेका एक पुरुष मृत भेटिए
मुग्लिन :  चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा रहेको गोरखा होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार बेलुका गोरखा होटलमा एक महिलासँग सँगै बसेका उक्त पुरुष आज बिहान मृत फेला परेको हो । मृतक पुरुषको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । यस्तै पुरुषसँगै बसेका महिला भने फरार भएको छ । उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

मुग्लिनसहित पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना

मुग्लिनसहित पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना
चितवन :  दशैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी चितवनको पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका बेला यात्रुहरु ठगिन र दुःख पाउन सक्ने भएकाले यात्रुलाई आवश्यक सहयोग गर्न सहायता कक्ष स्थापना गरिएको हो । केन्द्रीय बसपार्क, पुलचोक, पोखरा बसपार्क, मुग्लिन बजार र टाँडीमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा सहा...

आज यी पाँच प्रदेशमा चट्याङ्सहित हल्का बर्षाको सम्भावना

आज यी पाँच प्रदेशमा चट्याङ्सहित हल्का बर्षाको सम्भावना
काठमाडौँ  :  हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा...

इजरायलमा ज्यान गुमाएका १० जना नेपालीको सम्मानमा आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

इजरायलमा ज्यान गुमाएका  १० जना नेपालीको सम्मानमा आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
काठमाडौं :  इजरायलमा मारिएका १० नेपालीको सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउँदैछ।सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको हो। सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार आज सरकारी कार्यालय तथा विदेशस्थित नियोगमामा आधा झण्डा झुकाइनेछ। बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। मंगलबार शोक मनाउने निर्णय भए पनि सार्वजनिक विदा भने नभएको प्रवक्ता शर्माले बताएकी छिन्। गत शन...

इच्छाकामनाका जनप्रतिनिधि र सरोकारवालासँग सुरक्षित आप्रवासन (सामी) परियोजनाको अन्तरक्रिया

इच्छाकामनाका जनप्रतिनिधि र सरोकारवालासँग सुरक्षित आप्रवासन (सामी) परियोजनाको अन्तरक्रिया
चुम्लिटार  :  चितवनको इच्छाकामना गाउँपालिकामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बारे आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।जनप्रतिनिधि तथा सरोकारवालहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको सभापतित्वमा इच्छाकामना ३ चुम्लिङ्गटारमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी पत्रकार लगायत सरोकारवालहरुको उपस्थिति रहेका थिए । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सकभर स्वद...