Banner News

आत्महत्या न्यूनिकरण सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आत्महत्या न्यूनिकरण सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
कुरिनटार :  चितवनको इच्छाकामनामा आत्महत्या न्यूनिकरण सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।स्वास्थ्य कार्यालय बागमती प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । डा.स्वप्नील शर्मा र मनोविद दिवाकर जोशीले आत्महत्याका कारण र न्यूनिकरण बारे अभिमुखीकरण दिनुभएको थियो । वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत, ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक निरल...

इच्छाकामना गाउँपालिकाद्धारा अनुदानमा सुन्तलाको बिरुवा वितरण

इच्छाकामना गाउँपालिकाद्धारा अनुदानमा सुन्तलाको बिरुवा वितरण
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकाले किसानहरुलाई  अनुदानमा सुन्तलाको बिरुवा वितरण गरेका  छन् ।  सुखी खुशी समृद्ध इच्छाकामना, कृषि पर्यटन र पूर्वाधार विकास  हाम्रो चाहना भन्ने मूल नाराका साथ फलफूल सुन्तला विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा गाउँपालिकाले किसानहरुलाई सुन्तलाको कलमी र बिजु बिरुवा वितरण गरेका हुन् । इच्छाकामना गाउँपालिकालाई सुन्तला प्रवद्र्धन गर्नको लागि पहिले ५० प्रतिशत  अनुदानमा किसानहरुसँगै सम्झौता गरेर सामाग्रीहरु वितरण गरिएको थियो।  त्यसपछि...

कुरिनटारमा सशस्त्र प्रहरीको गोताखोर तालिम सम्पन्न

कुरिनटारमा सशस्त्र प्रहरीको गोताखोर तालिम सम्पन्न
कुरिनटार :  सशस्त्र प्रहरी बलको गोताखोर तालिम सम्पन्न भएको छ। बिहिबार चितवनको इच्छाकामनाको कुरिनघाटस्थित त्रिशूली नदी किनारमा एक कार्यक्रमका बीच गोताखोर तालिमको समापन गरिएको हो । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा २०८१ जेठ ९ गतेदेखि  संचालन भएको सि.स. ५  डिप वाटर डाइभिङ  (गोताखोर) तालिमको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा आज समापन गरिएको हो । मन्त्री श्रेष्ठले विपद्को जोखिममा परेका नागरिकह...

मुग्लिन–मलेखु सडक विस्तार सुस्त

मुग्लिन–मलेखु सडक विस्तार सुस्त
चितवन, १८असार  । मुग्लिन–मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम सुरु गरिएकामा एक वर्ष ६ महिनाको अवधिमा १३ प्रतिशत मात्र काम भएको छ । सम्झौता अनुसार यस अवधिमा ३३ प्रतिशत कार्यसम्पन्न हुनुपर्ने थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यले भने नक्शाङ्कन, वर्षात् र चाडपर्वलगायत कारणले लक्ष्यअनुसार काम नभएको बताउनुभयो । यहाँ ...

इच्छाकामना गाउँपालिकाद्वारा किसानलाई मौरीसहितको घार र चिउरीको विरुवा वितरण

इच्छाकामना गाउँपालिकाद्वारा किसानलाई मौरीसहितको घार र चिउरीको विरुवा वितरण
कुरिनटार:  चितवनको इच्छाकामनाका किसानहरुलाई मौरी सहितको घार र  चिउरीको विरुवा वितरण गरेका  छन् । ५० प्रतिशत अनुदानमा सोमबार  एक कार्यक्रमकाबिच  किसानहरुलाई  मौरीसहितको घार, मौरी पालनका लागि आवश्यक सामाग्री र चिउरीको विरुवा  वितरण गरिएको हो । गाउँपालिकाले १३२ वटा घारसहितको मौरी, मौरीपालनका लागि आवश्यक सामाग्री, टोपी,जाली, आधार चाका र चिउरीको विरुवा वितरण गरिएको  कृषि शाखा अधिकृत समीक्षा पौडेलले जानकारी दिनुभयो ।  मौरी र घार  वितरणसँगै  किसानहरुलाई मौरी पालनका लागि अवश्यक पर...

लेवाटारबाट ठूलो परिमाणमा घरेलु मदिरा बरामद

लेवाटारबाट ठूलो परिमाणमा घरेलु मदिरा बरामद
 कुरिनटार :  चितवनको इच्छकामना  ४ लेवाटारबाट ठूलो परिमाणमा घरेलु मदिरा बरामद भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनले स्थानीयको दुई घरबाट  एक हजार ४४०  लिटर मदिरा बरामद गरिएको हो । ठूलो मात्रामा घरेलु मदिरा उत्पादन गरि विक्री वितरण गरेको भन्ने सुचनाको आधारमा खोजतलास गर्दा  उक्त परिमाणमा घरेलु मदिरा फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी  निरिक्षक निरला भण्डारीले बताउनुभयो ।  निरिक्षक  भण्डारीका अनुसार खुल्लम खुल्ला ठूलो परिमाणमा मदिरा उत्पादिन गरि विक्री वि...

इच्छाकामनामा पनि मनाइयो धान दिवस

इच्छाकामनामा पनि मनाइयो धान दिवस
इच्छाकामना :  चितवनको  इच्छाकामनामा पनि धान दिवस मनाइएको छ । जलवायुमैत्री कृषि,धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ  इच्छाकामना गाउँपालिका कृषि शाखाको आयोजनामा  वडा नम्बर ७ स्थित  गर्दासमा किसानको खेतमा जनप्रतिनिधि कर्मचारी र किसानहरुले धान रोपेर २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई उत्सव मनाइएको हो । सो अवसरमा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले अन्य वडामा भन्दा वडा नम्बर  ७ मा धान खेतीयोग्य जमिन धेरै भएकाले यहाँ आएर धान दिवस मनाइएको बताउनुभयो । गाउँपालिकाले किसानहरुका...

राष्ट्रिय वृक्षारोपण दिवस तथा मदन भण्डारीको ७३ औं जन्म जयन्तीको अवसरमा इच्छाकामनामा बृक्षारोपण तथा चिउरीको विरुवा वितरण

राष्ट्रिय वृक्षारोपण दिवस तथा मदन भण्डारीको ७३ औं जन्म जयन्तीको अवसरमा इच्छाकामनामा  बृक्षारोपण  तथा चिउरीको विरुवा वितरण
कुरिनटार : राष्ट्रिय वृक्षारोपण दिवस २०८१ तथा मदन भण्डारीको ७३ औं जन्म जयन्तीको अवसरमा इच्छाकामना गाउँपालिकाद्धारा बृक्षारोपण तथा चिउरीको विरुवा रोपेर मनाइएको छ । इच्छाकामना गाउँपालिकाको प्रदेशद्वार अगाडी  एक कार्यक्रमकाबिच बिरुवा रोपेर  मनाइएको हो । इच्छाकामना गाउँपालिका कृषि शाखाका अधिकृत आशिष त्रिपाठीले इच्छाकामना गाउँपालिकाद्धारा राष्ट्रिय बृक्षारोपण दिवस २०८१ मनाउने क्रममा चिउरी चेपाङ चमेरो अर्थात चेपाङ समुदायको उत्थानको लागि चिउरी संरक्षण कार्यक्रम अन्तर्गत रहेर चिउरीक...

मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा

मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा
तनहुँ, : मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो ।मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिमीमा २८ प्रतिशत भौतिक प्रगति भएको छ । असारदेखि असोजसम्म ‘मनसुन’ सक्रिय हुने भएकाले हाललाई कालोपत्र गर्न छाडेर पानी निकासका निम्ति नाला, ‘रिटेनिङ वाल, कल्भर्ट’लगायत संरचना निर्माण द्रुत गतिमा भइरहेको आयो...

एसइईको नतिजा सार्वजनिक, करिव ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण

एसइईको नतिजा सार्वजनिक, करिव ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण
काठमाडौं :  एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा...