कुरिनटार : चितवनको इच्छकामना ४ लेवाटारबाट ठूलो परिमाणमा घरेलु मदिरा बरामद भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनले स्थानीयको दुई घरबाट एक हजार ४४० लिटर मदिरा बरामद गरिएको हो ।
ठूलो मात्रामा घरेलु मदिरा उत्पादन गरि विक्री वितरण गरेको भन्ने सुचनाको आधारमा खोजतलास गर्दा उक्त परिमाणमा घरेलु मदिरा फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक निरला भण्डारीले बताउनुभयो । निरिक्षक भण्डारीका अनुसार खुल्लम खुल्ला ठूलो परिमाणमा मदिरा उत्पादिन गरि विक्री वितरण गर्दै आइरहेको पाइएको छ ।
उत्पादन गर्न प्रयोग गर्ने भाडासहित मदिरा बरामद गरेका हुन् । बरामद गरिएको मदिरालाई नष्ट गरिएको प्रहरी निरिक्षक भण्डारीले बताउनुभयो ।
इच्छाखबर संवाददाता












