कुरिनटार : सशस्त्र प्रहरी बलको गोताखोर तालिम सम्पन्न भएको छ। बिहिबार चितवनको इच्छाकामनाको कुरिनघाटस्थित त्रिशूली नदी किनारमा एक कार्यक्रमका बीच गोताखोर तालिमको समापन गरिएको हो । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा २०८१ जेठ ९ गतेदेखि संचालन भएको सि.स. ५ डिप वाटर डाइभिङ (गोताखोर) तालिमको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा आज समापन गरिएको हो । मन्त्री श्रेष्ठले विपद्को जोखिममा परेका नागरिकहरुको जिवन रक्षाका लागि आफुले सिकेको ज्ञान सीप र अनुभवलाई इमान्दारिका साथ मानव सेवामा समर्पित गर्न आग्रह गर्नुभयो ।नेपाल जल उत्पन्न प्रकोपको जोखिमको हिसाबले ३० औँ नम्बर र जलवायु परिवर्तनबाट हुने बाढीपहिरो खडेरीको दृष्टिकोणले चौथो स्थानमा रहेको बताउँदै मन्त्री श्रेष्ठले यसैबाट गोताखोरको महत्व कती छ भन्ने प्रष्ट भएको बताउनुभयो । नागरिकको जीवन बचाउने मानव सेवाका लागि गोतखोर तालिममा बागमती सरकारले सहयोग गर्न पाएकोमा गर्व महशुस गरेको बताउनुभयो ।
बागमती सरकारले अहिले नागरिकको जिउधनको सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो,” अहिले हामीले मनसुनजन्य जुन विपद् सामना गरिरहेका छौँ,देशमा मनसुनको सुरुवात भइसकेको छ, नागरिकको जिउधनको सुरक्षा गर्ने कुरालाई मुख्य केन्द्रविन्दुमा राखेका छौँ । ” विपद् जोखिम न्यूनिकरणका लागि बागमती सरकारले विभिन्न निति तथा कार्यक्रमहरु निर्माण गरिरहेको बताउनुभयो ।
बागमती प्रदेश सांसद कृष्णप्रसाद सिलवालले सशस्त्र प्रहरीले नागरिकको सुरक्षाका लागि अहम भूमिका निर्वाह गरिरहेको बताउनुभयो । तालिममबाट प्राप्त भएको ज्ञान सीपलाई देश र विपद्मा परेका जनताका लागि उपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले आफु पनि सुरक्षित रहेर नागरिकको सुरक्षा गर्न आग्रह गर्नुभयो ।
बागमती सरकारको आर्थिक सहयोगमा ६ हप्ता सम्म सञ्चालन भएको तालिममा सशस्त्र प्रहरीको १९ जना सहभागि रहनुभएको थियो । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक वंशीराज दाहालले आज १९ जना थपिएसगैँ नेपालमा गोतोखोरको संख्या ११० पुगेको बताउनुभयो। उहाँका अनुसार नेपालमा नै सञ्चालन भएको गोताखोर तालिम यो पाँचौ व्याज हो ।
नेपाल विपद्को उच्च जोखिममा रहेकाले हरेक बर्ष आइपर्ने विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपत्तीबाट जनधनको क्षती हुने गरेकाले विपद्बाट हुने यस्ता क्षती न्युनिकरण तथा व्यवस्थापनका लागि बृहत् तयारी गर्नुपर्ने भएकाले विभिन्न सरोकारवालाहरुको समन्वयात्मक भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । सोही अन्तरगत नै बागमती प्रदेशको आर्थिक सहयोगमा गोताखोर तालिम सम्पन्न गरिएको बताउनुभयो ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् तालिम शिक्षालय, कुरिनटारका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले धन्यवादन ज्ञापन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा चितवन र गोरखा जिल्लाका स्थानीय पालिकाका प्रमुखहरु, नेपाल प्रधान कार्यालय कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक बंशिराज दाहाल, नेपाली सेना नं ६ बाहिनी अड्डा बैरेनी धादिङ्गका वाहिनीपति सहायक रथी रोज प्रताप ज।ब।रा। ज्यू, सशस्त्र प्रहरी बल राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरिक्षक कमल गिरी, नं ३ गढिमाई बाहिनि मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक गणेश ठाडा मगर, चितवन, धादिङ्ग र गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, जिल्ला स्थित विभिन्न सुरक्षा निकायका कार्यालय प्रमुखहरु समेतको उपस्थिति रहेको थियो ।
ईच्छाकामना गाउँपालिकाको कुरिनघाट स्थित त्रिशुली नदिमा प्रशिक्षार्थीहरुद्वारा प्रर्दशन गरीएको जल उद्धार सम्वन्धि अभ्यासको अवलोकन गर्नुभए पश्चारत आन्तरिक मामिला तथा कानुन मन्त्रीज्यूले तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै बधाई ज्ञापन गर्नुभएको थियो । सशस्त्र प्रहरी बल, नेपाल विपद् तालिम शिक्षालय, कुरिनटारका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले धन्यवादन ज्ञापन गर्नु भएको थियो