Banner News

नारायणगढ–मुग्लिन सडकको ढुंगाले लागेर बस चालकको मृत्यु

नारायणगढ–मुग्लिन सडकको  ढुंगाले लागेर बस चालकको मृत्यु
चितवन : पहिरोसँगै झरेको ढुंगाले लागेर बसका चालकको ज्यान गएको छ ।नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको हो ।बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६ वर्षीय मेगनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताए । शुक्रबार बिहान करिब ३ बजेको समयमा लेदोसहितको पहिरो अचानक बसमाथि खस्दा चालक विकले ज्यान गुमाएका हुन् ...

सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगायो

सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगायो
चितवनः   नारायणगढमुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए।​ विरगन्जबाट काठमाडौं आउँदै गरेको विङ्गर बगाएको डिएसपी रिजालले बताए। त्यसमा अन्दाजी २० देखि २२ यात्रु रहेको प्रहरीले जनाएको छ। त्यस्तै काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस पनि पहिरोले बगाएको छ।  उक्त बसमा ४२ य...

गोरखाको गण्डकी गाउँपालिकाको वार्षिक योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न

गोरखाको गण्डकी गाउँपालिकाको वार्षिक योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई  सम्पन्न
सिउरेनिटार ,२७ असार ।  गोरखाको  गण्डकी गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को वार्षिक योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई  सम्पन्न भएको छ ।  गाउँ कार्यपालिका र मातहतका कार्यालयहरूको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा जनताको गुनासो सुन्ने उदेश्यले  वडा नम्बर ८ सिउरेनिटार स्थित खानेपानी भवनमा सार्वजनिक सुनुवाई गरिएको हो। कार्यक्रममा सहभागीहरुले जनप्रतिनिधि र कर्मचारीहरुसामु पालिकाले वितरण गर्ने अनुदान वितरणको मापदण्ड प्रक्रिया, प्राकृति...

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर हस्तान्तरण

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर हस्तान्तरण
चितवन, २६ असार  । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताउनुभयो । “पालिकाल...

नौबिसे-मलेखु सडकखण्डआजदेखि १५ दिनका लागि राति बन्द गरिने

नौबिसे-मलेखु सडकखण्डआजदेखि १५ दिनका लागि राति बन्द गरिने
धादिङ :   पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे(मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो ।राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले बताउनुभयो । नौबिसे नागढुङ्गा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचालेर पुलमा राख्न लागिएको र त्यस बेला हुनसक्ने जोखिमलाई म...

ऐतिहासिक उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिँदै

ऐतिहासिक उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिँदै
मुग्लिन, २५असार  ।  इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीमा कोतघर पुनःनिर्माण गरिने भएको छ । गढीको भौतिक संरचना पुनःनिर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्र रहेको कोतघरलाई पुनःनिर्माण गरिने भएको हो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले कोतघर पुनःनिर्माण गर्न आर्थिक  वर्ष २०८१/८२ मा रु एक करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । पुरातत्व विभागको मापदण्डअनुसार पुरानै संरचनामा कोतघर बनाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरातत्व विभा...

मौसम : आज र भोलि यी स्थानमा भारी वर्षा

मौसम : आज र भोलि यी स्थानमा भारी वर्षा
काठमाडौं : मनसुन न्यूनचापीय रेखा सोमबारदेखि क्रमशः दक्षिणतिर सर्दै जाने भएको छ। यससँगै नेपालमा मनसुनको सक्रियतामा कमी आई वर्षाको मात्रा केही कम हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।तर केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहने वर्षा हुने महाशाखाको प्रक्षेपण छ। यस्तै मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सोमबार बागमती र सुदूरपश्चिम प्रदेशका थो...

नारायणी नदी किनारका १७१ जनालाई सुरक्षित स्थानमा सारियो, बाढीले झोलुङ्गे पुल बगायो

नारायणी नदी किनारका १७१ जनालाई सुरक्षित स्थानमा सारियो, बाढीले झोलुङ्गे पुल बगायो
 चितवन :  नारायणी नदीमा आएको बाढीको जोखिममा परेका १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भरतपुर महानगरपालिका–१६ गुम्बाचोकबाट  ५९ जनालाई सुरक्षित स्थानमा सारिएको हो । यसैबिच भरतपुर–३ स्थितमा रहेको हाम्रो घर नामक संस्थामा रहेका २४ जना बालबालिका र दुई जना महिला कामदार गरी जम्मा २६ जनालाई नजिकै रहेको एग्रोभेटको भवनमा सारिएको छ भने भरतपुर–१७ गोब्रेनीस्थितमा १७ घरधुरीका ५४ जना मानिसहरुलाई आफन्तहरुको घरमा...

फिस्लिङ र घोप्टेभीरमा पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध

फिस्लिङ र  घोप्टेभीरमा  पहिरो :  पृथ्वीराजमार्ग अवरुद्ध
कुरिनटार : अविरलबर्षासगैँ विभिन्न स्थानमा पहिरो खसेपछि पृथ्वीराजमार्गको मुग्लिन–मलेखु सडक अवरुद्ध बनेको छ।  इलाका प्रहरी कार्यालय मुग्लिनका  प्रहरी निरिक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बिचमा पहिरो खस्दा सडक दुई तर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने काम  भइरहेको उहाँले  बताउनुभयो । प्रहरी निरिक्षक भण्डारीका अनुसार यस अघि चुम्लिङटारमा खसेको पहिरो  भने पूर्णरुपमा हटाइसेको छ ।  उहाँका अनुस...

दर्ता नभएका औषधि बिक्री गरेको आरोपमा चितवनबाट भ्यान सहित दुई जना पक्राउ

दर्ता नभएका औषधि बिक्री गरेको आरोपमा  चितवनबाट भ्यान सहित दुई जना पक्राउ
चितवन : नेपालमा दर्ता नभएका औषधि बिक्री गरेको आरोपमा दुई जनालाई भ्यान सहित पक्राउ गरिएको छ । भरतपुरको अस्पताल रोडबाट बिहीबार उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सर्लाही पर्सा गा.पा.वडा नं.५ बस्ने बर्ष २९ का अनिल झा र जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.७ बस्ने बर्ष ३८ का दिपेन परियार रहेका छन् । बागमती प्रदेश ०१–०२६ च–२१८२ नम्बरको भ्यान सहित उनीहरुलाई पक्राउ गरिएको हो । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा चितवन र मेडिकल स्टकिस्ट क्लब अफ नारायणगढका पदाध...