कुरिनटार :  चितवनको इच्छाकामनामा आत्महत्या न्यूनिकरण सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।स्वास्थ्य कार्यालय बागमती प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

डा.स्वप्नील शर्मा र मनोविद दिवाकर जोशीले आत्महत्याका कारण र न्यूनिकरण बारे अभिमुखीकरण दिनुभएको थियो । वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत, ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक निरला भण्डारी, इच्छाकामना आधारभूत अस्पतालका स्वास्थ्यकर्मी, टोलविकास संस्थाका पदाधिकारीहरु, शिक्षक, जनप्रतिनिधिहरुको सहभागिता रहेका थिए ।
कार्यक्रम स्वास्थ्य शाखा प्रमुख हरिदेवकोटाले सञ्चालन गर्नुभएको थियो ।
नेपालमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । अधिकांश १५ देखि २९ वर्ष उमेर समूहका मानिसहरुले मानसिक रोगका कारण आत्महत्या गर्ने पाइएको छ । व्यक्तिगत, आर्थिक, सम्बन्ध र समुदायका कारण आत्महत्या गर्ने अनुसन्धानले देखाएको छ ।

95eaefb6-dce8-4a03-95c6-a285a290170c1720186473.jpg