Banner News

मुग्लिन प्रहरीद्वारा गाँजा फडानी

मुग्लिन प्रहरीद्वारा गाँजा फडानी
मुग्लिन :  इलाका प्रहरी कार्यालय मुग्लिनले  गाँजाका बोटहरु नष्ट गरेका छन् । प्रहरी निरिक्षक निरला भण्डारीको कमाण्डमा खटिएको  प्रहरीको टोलीले चितवनको इच्छाकामना ५ भोटेश्वरामा  सडक छेउछाउ दुई रोपनी जग्गामा प्राकृतिक रुपमा  आफै उम्रेका  अवैध गाँजाका बोटहरु फडानी गरि  नष्ट गरेका हुन् । प्राकृतिक रुपमा आफै  उम्रिएको गाँजा प्रयोग नहोस् भनेर नष्ट गरिएको हो ।

पेट्रोलमा ५ र डिजलमा ३ रुपैयाँ मूल्य घट्यो

पेट्रोलमा ५ र डिजलमा ३ रुपैयाँ मूल्य घट्यो
काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।निगलमले पेट्रोलमा ५ र मट्टीतेल तथा डिजलमा ३ रुपैयाँ मूल्य घटाएको हो। गएराती १ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जानकारी दिएको छ।

चितवनको धानबालीमा रोगको समस्या

चितवनको धानबालीमा रोगको समस्या
चितवन : पूर्वी चितवनको रत्ननगर, खैरहनी एवं भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको हो । कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानका अनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व (जिङ्क)को कमी देखिएको छ । यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उहाँले जानकारी दिनुभयो । यसलाई रोक्नका लागि सेरामिन जिङ्क भन्ने खाद्यतत्व प्रयोग गर्न उहाँले कृषकलाई सुझाव दिनुभयो । यो स्प्रे गर्दा प्रतिलिटर पानीमा एक ग्राम प्रयोग गरेर गर्न सक...

सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते

सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते
सिन्धुली :   सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ११ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवबहादुर कटवालले दिनुभयो । उनीहरुको उपचारको क्रममा बिहान साढे १० बजे जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो । बिहीबार बिहान सवा ९ बजेतिर कमलाम...

रिङटोनमा डेंगुबाट बच्ने उपायको सूचना दिने

रिङटोनमा डेंगुबाट बच्ने उपायको सूचना दिने
काठमाडौँ :  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले टेलिफोनको रिङटोनमा डेंगुबाट बच्ने उपायको सूचना दिने व्यवस्था मिलाउने बताउनुभएको छ ।  डेंगु रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीवार मन्त्रालयमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । साथै उहाँले कार्यालय सफा गर्ने अभियान हरेक हप्ताको शुक्रवार बिहान १० देखि ११ बजेसम्म सञ्चालन गर्न आग्रह गर्नुभयो । डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्...

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा विरुद्धको मुद्दामा आज थुनछेक बहस

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा विरुद्धको मुद्दामा आज थुनछेक बहस
काठमाडौं  : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा उपर लागेका आरोपमाथि आजबाट थुनछेक बहस सुरु हुँदै छ । थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुने छ ।उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो । अदालतमा दायर अभियोग पत्रमा समावेश झाको ...

मौसम : बागमतीसहित यी चार प्रदेशमा भारी बर्षाको सम्भावना

मौसम : बागमतीसहित यी चार प्रदेशमा भारी बर्षाको सम्भावना
काठमाडौं :  देशका केही भूभागमा गएरातिदेखि नै वर्षा भइरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो र राति पनि वर्षाको सम्भावना छ। दिउँसो हल्कादेखि मध्यम वर्षा हुँदा राति भारी वर्षा हुनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

पृथ्वीराजमार्ग दुइतर्फी सुचारु

पृथ्वीराजमार्ग दुइतर्फी सुचारु
कुुरिनटार ,३० साउन : अविरल बर्षासगैँ खसेको पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीका अनुसार  विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडक दुइतर्फी सञ्चलनमा आएको हो । चितवनको इच्छाकामना ३ स्थित चुम्लिङ्गटारमा बुधबार बिहान  ७ बजे  ढुङ्गासहित पहिरो खसेर सडक दुइतर्फी अवरुद्ध बनेका थिए  । अहिले  पहिरो पञ्छाएपछि  सडक दुइतर्फी सुचारु भएको उहाँले बताउनुभयो । यसैबिच   मौवाखोला र केबलकार नजिक सडक ए...

बागमतीसहित चाार प्रदेशमा भारी वर्षाको सम्भावना

बागमतीसहित चाार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं  : मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। यस्तै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भा...

मनसुनजन्य विपद्मा १७० जनाको मृत्यु, ४४ जना बेपत्ता र १९५ जना घाइते

मनसुनजन्य विपद्मा १७० जनाको मृत्यु, ४४ जना बेपत्ता र १९५ जना घाइते
काठमाडौँ : मनसुनपछिको पछिल्लो ६० दिनको अवस्था प्रतिवेदनले गत वर्षभन्दा धेरै मानवीय क्षति भएको देखाएको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष दोब्बर बढी मानवीय क्षति भएको छ। गएको जेठ २८ देखि साउन २४ सम्मको ६० दिनमा मनसुनजन्य विपद्मा १७० जनाको मृत्यु, ४४ जना बेपत्ता र १९५ जना घाइते भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ। गत वर्षको सोही अवधिमा ७२ जनाको मृत्यु, २८ जना...