काठमाडौँ  ः सरकारले काभा वुमन्स नेशन्स भलिबल लिग २०२४ मा सहभागी खेलाडीलाई जनही ३ लाख रुपैयाँका साथ सम्मान गर्ने भएको छ। साथै मुख्य प्रशिक्षकलाई २ लाख एवं व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई जनही १ लाख २० हजार रुपैयाँ दिने भएको छ।

शुक्रवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्।
राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम २८ बमोजिम उक्त पुरस्कार दिन थालेको जनाइएको छ।